• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

एक अभियान्ताको डायरीः ‘कमरेड, आराम गर्ने हो कि ?

सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते खिमबहादुर डिसी, हेमराज केसी र धनबहादुर थापाको हत्या भएको थियो । शालिकमा प्रतिबिम्बित भएका सहिदहरूलाई साक्षी राखेर कार्यक्रमको सन्दर्भमा यी हरफ कोर्दैछु । 
सहिद गेटको १० मिटर निकट नगर पार्टीको आयोजनामा पार्टी रूपान्तरणको कार्यक्रम चलिरहेको छ । पार्टी रूपान्तरण र सुदृढीकरणका सम्बन्धमा सहभागी कमरेडहरूले गम्भीर र संवेदनशील बन्दै आफ्ना अभिमत अभिव्यक्त गरिरहनु भएको छ । सहिद गेट लेखिएको राता अक्षरहरू पढ्दै अभियानको सल्यान मोडलबारे म सोचमग्न छु । 

सहिदहरूका आकृति एवं स्मृतिहरू अक्षर बनेर मन मस्तिष्कमा बहदैछन् । सहिदको मुहारहरू आँखामा नाचिरहेका छन्, क्यामेराका रिलझैँ । मनको मैदानमा अनेक प्रश्नहरू कुस्ती खेलिरहेका छन् । कुस्तीमा कहिले पार्टी रूपान्तरण हुन्छ भन्ने पक्षले पछार्छ त कहिले रूपान्तरण कठिन छ भन्ने पक्षले । अन्ततः पार्टीको रूपान्तरण हुन्छ भन्ने पक्ष विजयी हुन्छ । 

सहिद गेटको शालिकमा कुँदिएका सहिदहरूले प्रश्न गरेझैँ लाग्छ– तिमीहरू हाम्रा सपनाहरूप्रति इमान्दार छौ रु हाम्रा सपनाहरू साकार पार्न सक्छौँ रु गुटबन्दीलाई अन्त्य गरेर पार्टीलाई रूपान्तरित, सुदृढ र एकताबद्ध बनाउन सक्षम छौ रु रूपान्तरित भएर संकटोन्मुख मुलुकलाई निकास दिन सक्छौ रु प्रतिगामीहरूको षड्यन्त्रलाई परास्त गर्न सक्छौ रु 

यी तमाम प्रश्नसँगै मुलुक र राजनीतिक दलहरूको अवस्था देखेर सहिदको आँखामा आँसु टिलपिल टिलपिल भइरहेझैँ लाग्छ । सहिदहरूमा केही निराशाभाव पैदा भएझैँ ठानेँ । उनीहरुले हामीप्रति गुनासो गरेझैँ लाग्यो । उनीहरूलाई  दुःखी दुःखी जस्तो, रोगी रोगी जस्तो र रित्तो रित्तो जस्तो देखेँ । सरकारले प्रारम्भ गरेको सुशासनरुपी युद्ध र पार्टीले सञ्चालन गरेको अभियानबाट सहिदहरूमा पनि केही आशा जागेको अनुमान गरेँ । 
सहिदहरूले भनेझैँ लाग्यो– हामीले तिमीहरूको बाटो कुरिरह्यौँ । आउन विलम्ब गर्‍यौ । सहिद गेट भएर थुप्रैको आवागमन हुन्छ । दुःखीहरू देख्दा मन दुख्छ । गरिबहरू देख्दा दया लाग्छ । प्रतिगामीहरूबाट व्यवस्थाका विरुद्ध प्रहार भइरहेको सुन्छौँ, हाम्रो मन कुँडिन्छ । व्यवस्थाप्रति खतरा प्रतिगामीहरूबाट होइन, रूपान्तरित हुन नसक्दा तिमीहरूबाट नै छ ।
समीक्षा बैठक चलिरहेको छ । करिब १३० जना कमरेडहरू सहभागी हुनु भएको छ । ७१ वर्षीय वृद्ध कमरेड देवीलाल गौतमले रुकुमबाट बागचौर नपाको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको छ । जीवनको उत्तरार्द्धको कमजोर शरीर हिँड्दा हिँड्दै लड्नु भएछ । हातको हड्डी टुटेको छ । घाँटीमा हात झुन्ड्याएर अभियानमा आफ्नो जिम्मेवारी सम्हालिरहनु भएको छ । गौतम भन्दै हुनुहुन्थ्यो, हिजो राती हात दुख्यो, निदाउन गाह्रो भयो । 
बागचौरको उपमेयर कमरेड सुम्निमा डिसी वलीले सुनाउनु भयो, सुगरको रोगी हुनुहुन्छ । साँझ रोटी चाहिन्छ । हातको कुहिनो नीलो भएको रहेछ । सुन्यौँ, पार्टीप्रति रुष्ट एकजना पूर्व मेयर कमरेडलाई कैयन पटक उहाँले फोन गर्नु भएछ । घरमै गएर भेट्नु भएछ । पार्टीमा क्रियाशील हुन अनुरोध गर्नु भएछ । सकारात्मक जवाफ प्राप्त नहुँदा फर्किनु भएछ । 
लाग्यो, डाँडा माथिको जुनलाई कति प्रेम रहेछ– क्रान्ति, पार्टी र जनताप्रति । माया लागेर आयो । श्रद्धा अझै बढ्यो । मेरो बुबा भन्दा एक वर्ष जेठो हुनु हुँदोरहेछ उहाँ अर्थात् कमरेड देवीलाल गौतम । उहाँलाई आफ्नै घरको स्याहारको खाँचो महसुस गरेर भनेँ– कमरेड केही दिन आराम गर्ने हो कि रु तर ‘पर्दैन’ भन्ने जवाफ आयो । 
समीक्षा बैठक समापन भएपश्चात् बागचौर नगर पार्टीका अध्यक्ष शोभारामको घर जाँदै गर्दा बाटोमा ज्येष्ठ कमरेडलाई सम्झिरहे र भनिरहे– सेलुट कमरेड ।
वृद्ध र अशक्त शरीर भन्दा देश र पार्टीको ज्यादा चिन्ता छ उहाँलाई । आफूलाई स्याहारको खाँचो भएको अवस्थामा देश र पार्टीलाई स्याहारी रहनु भएको छ । प्रश्न गर्न मन लाग्यो–यो महानता युवाहरूमा छ त रु देशले केही दिएन भनेर नागरिकता च्यातेर हिँड्ने र आफ्नो जीवन च्यातेर देशको शरीर ढाक्ने बिचमा को महान् होला रु 
केही टाठाबाठाबाट जवाफ आउन सक्छ, यी मूर्ख अव्यवहारिक बूढा हुन् । यी बुढाले अझै दुख पाउँछन् । आराम गरेर बस्ने समयमा बुढेसकालमा के चाहिएको थियो यति दुख गर्न रु जीवन नबुझेका बूढा रहेछन् यिनी  ।
अभियानकर्मीहरूलाई निजी जीवनका कैयन आवश्यकता र बाध्यताहरूले घाँटी च्यापिरहेका छन् । त्यो पारिवारिक दायित्वबाट उन्मुक्तताको विगत अहिले इतिहास बनिसक्यो । केही मुठ्ठीभर माओवादीहरू नवधनाढ्यमा परिणत भएतापनि बहुसङ्ख्यक माओवादीहरू अभावको कोर्रा खाएर आस्थाको मन्दिरमा पूजा गरिरहेका छन् । हरेक दिन श्रद्धाको फुल चढाइरहेका छन् । रगत, आँसु र पसिनाले निर्माण गरेको त्यो आस्थाको मन्दिर भत्किने र लुटिने चिन्ताले उनीहरूलाई हरपल सताइरहेको छ । थुप्रै कमरेडहरू युद्धका घाउ शरीरभरि बोकेर पार्टी रूपान्तरणको अभियानमा हिँडिरहेका छन् । 
त्रिवेणीको काब्रामा घाइते जनयोद्धाहरूसँग भेट भयो । रङ्ग उडेको अनुहार । कागती निचोरिएझैँ निचोरिएको उहाँहरूको जीवन देखेँ । मन पनि निचोरियो । जनसंगठनहरुको भेला समापन हुँदै गर्दा एकजना कमरेडले फोन गरेर मलाई भन्नुभयो, ‘कमरेड, घाइते संगठनको बैठक आयोजना गरिदिनु पर्‍यो ।’ 
मैले भने, तपाईँको नाम के हो कमरेड रु 
उहाँले भन्नु भयो– म त्यही लडखडाएर हिँड्ने मानिस हुँ कमरेड । 
मैले अघिल्लो बैठकमा उहाँलाई देखेको थिएँ । हुलिया बताएपछि चिनेँ । उहाँ कमरेड पहलमान चलाउने हुनुहुँदो रहेछ । मन खिन्न भयो । वैशाखीको सहारामा जीवनको अन्तिम कष्टकर पल बिताइरहनु भएका घाइते कमरेडहरूको अवस्था आँखामा नाचिरह्यो । आफू लडखडाएर हिँडे पनि मुलुक र पार्टी ठमठमती हिँडोस् भन्ने उहाँहरूको चाहनाले ममा ऊर्जा थपिरह्यो ।  
हरेक दिन राती ११ बजे र दिनको २ पटक भन्दा ज्यादा आफैले इन्सुलिनको सुई लगाउनु, पोलिथिनमा इन्सुलिनको सुई बोकेर हिँड्नु, जीर्ण र रोगी शरीर लिएर छत्रेश्वरीका बस्ती बस्ती चहार्नु र इन्सुलिनको सुई राख्ने फ्रिजको खोजीमा भौँतारिनु सल्यान जिल्लाको पहिलो पूर्णकालीन माओवादी नेता उमाकान्त शर्माको दैनिकी हो । 
सुगर, प्रेसर लगायतका रोगबाट पीडित उमाकान्त कमरेडलाई क्रियाशील भएको देख्दा लाग्छ, बिरामी देश र पार्टीको उपचार गर्न यो स्वास्थ्य जोखिम मोलिरहनु भएको छ । उहाँको स्वास्थ्य समस्याले अभियानकर्मीहरूलाई चिन्तित तुल्याइ रहेको छ ।  
हामीले उहाँलाई भन्यौँ– कमरेड, आराम गर्ने हो कि रु 
हाम्रो प्रस्तावलाई सहजै इन्कार गरिदिनु भयो । उहाँको क्रियाशीलता, पार्टीप्रतिको आस्था र इन्कारी सुन्दा लाग्यो, उहाँको लागि राजनीति दायित्वसँगै एक प्रकारको नशा हो ।  जो निजी जीवन भन्दा मूल्यवान् र प्रिय छ । सिङ्गो सल्यानलाई माओवादी बन्न उत्प्रेरित गर्ने उहाँ र उहाँजस्तै राजनीतिकर्मीहरूले आफ्नो जीवनलाई दाउमा राखेर देश र जनताको भविष्य सुरक्षित गर्न हिँडेको यथार्थतामा घोत्लिन मन लाग्यो ।   
व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा गरिएको त्याग, तपस्या, बलिदान, सौर्य र साहसको कीर्तिमान इतिहासको स्मृतिमा ताजै छ । व्यवस्था परिवर्तनको मूल मक्सद जनताको अवस्था परिवर्तन भएको तथ्य थप औचित्यपूर्ण भएको महसुस भयो । 
मुलुकमा सुशासनको युग जन्माउनु पर्ने आवश्यकताले ढोका ढक्ढक्याएको छ । जनताको सुख, खुसी एवं सुशासित र समृद्ध मुलुक निर्माणका लागि प्रारम्भ गरिएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले देशव्यापी उत्साहको सञ्चार गरेको छ । केन्द्रीय कार्य योजनाको मार्गनिर्देशनमा जिल्लाहरूले कार्ययोजनाहरु तर्जुमा गरेका छन् । 
सल्यान जिल्लाले पनि अभियानको प्रभावकारी कार्यान्वयनार्थ सल्यान मोडलका रुपमा अभियानको ६९ बुँदे कार्ययोजना तय गरेको छ । समग्र कार्ययोजनामा निम्न २२ वटा प्रमुख कार्यक्रमहरु विकास गरिएको छ– मतदातासँग मनका कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, उत्पादन उत्प्रेरणा, जनतासँग जनसंगठन, दुःखीसँग दुई दिन, भुड्की, म गर्छु, म पढ्छु, म सक्छु, म बोल्छु, म लेख्छु, मिलन पुनर्मिलन, विकासमा विवेक र बेथिति, विचार बहस, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यमा सकस र समाधान, संगठन नै शक्ति, सङ्कल्प सभा, सञ्चारकर्मीसँग सहकार्य र गुटबन्दीलाई छैन छुट । 
रूपान्तरित र विस्तारित माओवादी तथा समृद्ध र सुशासित सल्यान निर्माणको मजबुत आधारशिला खडा गर्ने दायित्व अभियानको हुनेछ । अभियानको सफल कार्यान्वयनबाट सहिद तथा जनताले खडा गरेका प्रश्नहरूको समुचित जवाफ अभियानकर्मीहरूले दिनै पर्छ । इतिहास निर्मम हुन्छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान– जिन्दाबाद ।
संविधान सभा सदस्य समेत रहेका लेखक नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य एवं सल्यान जिल्ला इन्चार्ज हुन् ।

प्रतिकृया दिनुहोस

कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा

‘वैशाख १५ पछि लकडाउनको मोडल फरक हुन्छ, आशंकित समुदाय सिल हुनसक्छ’

३ वैशाख, काठमाडौं । पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ९ कोभिड–१९० को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई

सर्वोच्च अदालतद्वारा चौबीस बुँदे निर्देशन

सल्यान, वैशाख २ गते । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतमा मुद्दा व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ ।सर्वोच्च