• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सल्यानमा २२ सय पशुपंक्षिको निशुल्क उपचार

२०८१ बैशाख २७,सल्यान
सल्यानमा २ हजार २ सय ६८ पशुपंक्षिको निशुल्क उपचार गरिएको छ । पशु अस्पताल पशु सेवा कार्यलय सल्यानले त्रिवेणी गाउँपालिका ४ कारागीठीमा सञ्चालन गरेको निशुल्क पशु स्वास्थ्य शिविर बाट २ हजार २ सय ६८ पशुपंक्षिको निशुल्क उपचार गरिएको हो ।
 पालिका बाट टाढा र पशु सेवा कार्यलयको पहुँचमा नभएका किसानहरुको लागि सञ्चालन गरिएको निशुल्क पशु स्वास्थ्य शिविरमा १ सय १७ कृषकको २ हजार २ सय ६८ पशुपंक्षिका निशुल्क उपचार गरिएको पशु अस्पताल पशु सेवा कार्यलय सल्यानका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा बाख्रा १ हजार ४२ , गाई गोरु १ सय ८१ , भैसीँ २७ , बंगुर २०,  कुखुरा ९ सय ७१ कुकुर २७ वटाको उपचार गरिएको हो । 
शिविरमा पशुपंक्षिको स्वास्थ्य परिक्षण संगै निशुल्क औषधी बितरण तथा किसान लाई परामर्श प्रदान गरिएको बताउनु भयो  । साथै शिविरमा बोकाको बन्ध्याकरण गरिएको थियो । उहाँले ग्रामिण स्तरका किसान र सेवा बाट बञ्चित भएका पशु तथा पंक्षीपालन किसानलाई घरदैलोमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएको सुचना अधिकारी केसीले  बताउनु भयो । 

प्रतिकृया दिनुहोस

बैदेशिक रोजगारको क्षेत्रलाई स्थानीय स्तरमा दिगो व्यवस्थापनको खाचो

९ जेठ, सल्यान  वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउनका लागि स्थानीय सरकारले प्रभावकारी भुमिका खेल्नुपर्ने र यस कार्यमा

छत्रेश्वरीमा सामी कार्यक्रमबारे अन्तरक्रिया

सल्यान, ८ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक

सल्यानमा मोटरसाइकल र स्कोरपियो ठोकिदा २ जना घाइते

 जेठ ६,सल्यान सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा