• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सल्यानमा श्रीमान श्रीमती मृत फेला, श्रीमानले हत्या पछि आत्महत्या गरेको आशंका

बैशाख ३०, सल्यान 
सल्यानमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा श्रीमान श्रीमती मृत अवस्थामा  फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ छ  । 
अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरिक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।  
उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको उहाँले बताउनु भयो । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भै शरीर एकातिर र टाउको तसलामा रहेको अवस्थामा देखिएको उहाँको भनाई छ । घटनाको अनुसन्धान गर्नको लागि प्रहरी प्रमुख डिएसपी नविक कार्कीको नेतृत्वमा घटनास्थलमा पुगेर  आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिकृया दिनुहोस

बेसहारा बालबालिकालाई देउराली मावि बाट खाद्यान्न र कपडा सहयोग 

बैशाख ९, सल्यान  आमा बुवाको मृत्युपछि बेसहारा बनेका बालबालिकालाई सिद्धकुमाख गाउँपालिका २ मा रहेको श्री देउराली माध्यामिक बिद्यालयले खाद्यान्न र

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड