• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान 
सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर  हत्या गरि श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकाे प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि  आत्हत्या गरेका हुन । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोलि खटिएकाे छ । 
राना दम्पतीका १३ दिनको  नवजात शिशु छोरी सहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो  ।
अस्ति आइतबार मात्रै   बनगाड कुपिण्डे नगरपालिका ४ देउली मा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरि श्रीमान पनि  झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरुको पनि डेढ बर्षको छोरी सहित ३ छोराछोरी रहेका छन । अभिभावक गुमाएपछी उनीहरुको पालनपोषणमा समस्या भएको छ । 

प्रतिकृया दिनुहोस

बेसहारा बालबालिकालाई देउराली मावि बाट खाद्यान्न र कपडा सहयोग 

बैशाख ९, सल्यान  आमा बुवाको मृत्युपछि बेसहारा बनेका बालबालिकालाई सिद्धकुमाख गाउँपालिका २ मा रहेको श्री देउराली माध्यामिक बिद्यालयले खाद्यान्न र

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड