• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सल्यानमा मृगौला डाइलासिस सेवा सञ्चालन हुने

बैशाख जेठ १ गते ।

स्वास्थ्य कार्यालय सल्यानमा मृगौला डाइलासिस सेवा सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष ०८०।०८१बाट बजेट व्यवस्था गरि स्वास्थ्य कार्यालय सल्यानमा मृगौला डाइलासिस सेवा सञ्चालन गरिने भएको हो। कर्णाली प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको नेतृत्वमा प्रदेश सभा ख का प्रदेश सभा सदस्य शुरेश अधिकारी र स्वास्थ्य कार्यालय सल्यान स्वास्थ्य व्यवस्थापन समिति सहितको टोलीले प्रदेश सरकारका सामाजिक विकास मन्त्री वीर बहादुर शाही संग मृगौला डाइलासिस सेवा सुचारु गर्न माग गरेको छ। मागपत्रलाइ सम्बोधन गर्न आर्थिक बर्ष ०८०।०८१मा बजेट व्यवस्था गरि स्वास्थ्य कार्यालय सल्यानमा मृगौला डाइलासिस सेवा सुचारु गर्ने कुरामा प्रतिबद्ध भएको र यसै बर्ष मृगौला डाइलासिस सेवा सुचारु गर्न टेन्डर प्रक्रिया थालिने मन्त्री शाहीले जानकारी दिनुभएको छ। प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माले स्वास्थ्य सेवा कार्यालय सल्यानको बारेमा जानकारी गराउनु भयो मन्त्री शाही भन्नुभयो प्रदेश सरकारले मृगौला पीडित विरामीको लागि सल्यान र रुकुममा डाइलासिस सेवा सञ्चालन गर्न यो बर्ष नै बजेट ब्यबस्था गरेकाले टेन्डर प्रक्रिया अघि बढ्ने बताउनु भयो। सल्यान जिल्लामा मृगौला डाइलासिस सेवा नहुँदा जिल्लाका मृगौला पीडित विरामीहरु डाइलासिस सेवाको लागि दाङ नेपालगंञ्ज काठमाडौं र भारत सम्म जाने गरेका छन । जिल्लामा मृगौला डाइलासिस सेवा सुचारु भए पुर्वि रोल्पाको गंगादेव गाउँपालिमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सगै जिल्लाका १० स्थानिय हरुका विरामीहरुलाइ मृगौला डाइलासिस सेवाको पहुँच पुग्ने छ।

प्रतिकृया दिनुहोस

सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु 

जेष्ठ १०,सल्यान सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के आरा घर भएकी बर्ष ३२ की कमला कवरको विहिबार

बैदेशिक रोजगारको क्षेत्रलाई स्थानीय स्तरमा दिगो व्यवस्थापनको खाचो

९ जेठ, सल्यान  वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउनका लागि स्थानीय सरकारले प्रभावकारी भुमिका खेल्नुपर्ने र यस कार्यमा

छत्रेश्वरीमा सामी कार्यक्रमबारे अन्तरक्रिया

सल्यान, ८ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक