• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद

१ जेठ, २०८१

सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद सल्यानका बिभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले जिल्लाको वागचौर नगरपालिकाको थारमारे, खरिवोट, वाङ्गेलाखुरी लगायत स्थानमा वजार अनुगमन गरेको हो । बजार अनुगनको क्रममा म्याद गुजे्रका खाद्य पर्दाथ विक्रि वितरण भएको पाईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्री कृष्ण देवकोटाले बताउनु भयो । उहाँका अनुसार चाँड पर्वका समयमा मात्रै वजार अनुगमन गर्ने गरिए पनि यो वर्ष देखि भने नियमित वजार अनुगनम गर्न थालिएको हो । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, म्याद नाघेका वस्तुको बिक्री वितरण भैरहेको भन्ने गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनु भयो । थारमारे वजारमा अनुगमनका क्रममा नास्ता पसलमा राखिएको चाउमिन, किराना पसलमा विस्कुट, भुजा लगायतका समाग्री म्याद गुज्रेको पाईएको हो । ४७ वटा पसलवाट म्याद गएको समान वरामद गरेको वताउनुभयो । उहाका अनुसार तीन वटा वजारवाट २५ हजार वरावरको समान वरामद भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यलय , कर कार्यालय सल्यानले संयुक्त रुपमा गरेको अनुगमनमा किराना तथा खाद्य पसल, होटेल, नास्ता पसल, एग्रोभेटवाट विक्रि वितरण गरिने कृषिजन्य विउ , कस्मेटिक पसलमा विक्रि वितरणका लागि लागिएका समाग्री म्याद गएको पाईएको हो ।

प्रतिकृया दिनुहोस

बैदेशिक रोजगारको क्षेत्रलाई स्थानीय स्तरमा दिगो व्यवस्थापनको खाचो

९ जेठ, सल्यान  वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउनका लागि स्थानीय सरकारले प्रभावकारी भुमिका खेल्नुपर्ने र यस कार्यमा

छत्रेश्वरीमा सामी कार्यक्रमबारे अन्तरक्रिया

सल्यान, ८ जेठ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा संचालन भैरहेको सुरक्षीत आप्रवासन ९सामी० कार्यक्रमको अन्तरक्रिया सम्पन्न भएको छ । बैदेशिक

सल्यानमा मोटरसाइकल र स्कोरपियो ठोकिदा २ जना घाइते

 जेठ ६,सल्यान सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा