• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान 
 सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र सिद्धकुमाख गाउँपालिकाकामा सहारा विहीन भएको बालबालिकालाई ५०÷५० हजार रुपैयाँ नगद र खाद्यान्न सहयोग गर्ने निर्णय भएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनु भयो । 
उहाँले उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।
गत मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव रानाले १३ दिनकी सुत्केरी पत्नीको हत्या गरेर आफूले समेत आत्महत्या गरेपछि उनका १४ दिनको नवजात शिशु सहित ४ जना बालबालिका सहारा विहीन बनेका छन । 
यस्तै, वैशाख ३० गते बनगाड कुपिण्डे नगरपालिका–४ देउरालीमा ३४ वर्षीय श्रीमान् मनोज बुढाले २३ वर्षीय कमला बुढाको हत्या गरि आफुले पनि आत्माहत्या गरेपछि ढेड बर्षिय छोरी सहित ३ बच्चा अहिले वेसहारा बनेका छन् ।
 

प्रतिकृया दिनुहोस

बेसहारा बालबालिकालाई देउराली मावि बाट खाद्यान्न र कपडा सहयोग 

बैशाख ९, सल्यान  आमा बुवाको मृत्युपछि बेसहारा बनेका बालबालिकालाई सिद्धकुमाख गाउँपालिका २ मा रहेको श्री देउराली माध्यामिक बिद्यालयले खाद्यान्न र

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२