तेस्रो शारदा मेयर कप टी- २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई
तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै शारदा नगरपालिकाले उपाधि आफ्नो पक्षमा पारेको हो ।
विजेता शारदा नगरपालिकाले नगद १ लाख रुपियाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बागचौर नगरपालिकाले नगद ५० हजार रुपियाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बागचौर नगरपालिकाले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पछ्याएको शारदा नगरपालिकाले १४ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनाउँदै जित हासिल गरेको हो । पुरस्कार वितरण कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले आगामी सिजनमा प्रतियोगितालाई अझ परिस्कृत र व्यवस्थित ढंगले आयोजना गरिने बताउनुभयो ।
शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट एशोसियसन अफ सल्यानको समन्वयमा जेठ ४ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले यस्ता प्रतियोगिताले जिल्लामा क्रिकेटको विकाससँगै खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण सल्यानका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत बहादुर कुवर, राष्ट्रिय अनुसन्धान सल्यानका प्रमुख चन्द्रकमल खड्का, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराई, शारदा नगरपालिका कार्यपालिका सदस्य प्राण कुमार राई, क्रिकेट संघ कर्णाली प्रदेश सदस्य बुलन्द बाबु सेजवाल तथा नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्ली राज रावत लगायत खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न
नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको
४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल
सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु गरिएको छ । खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ
तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु
शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको
प्रतिकृया दिनुहोस