• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

कालिमाटी गाउँपालिकामा रास्वपाको प्रथम अधिवेशन सम्पन्न, बिमल केसी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिमाटी गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिमल केसीको नेतृत्वमा १५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको सभापतिमा बिमल केसी, उपसभापतिमा रेश्मा घर्ती मगर, सचिवमा अमृत विक, सहसचिवमा प्रेम रेउले तथा कोषाध्यक्षमा शिव थापा निर्वाचित हुनुभएको छ। अन्य सदस्यहरू पनि अधिवेशनबाट सर्वसम्मत रूपमा चयन गरिएको पार्टीले जनाएको छ।

अधिवेशनका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब ३५ जना स्थानीय नागरिक राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै देश परिवर्तन र सुशासनको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका मानव विकास प्रवर्द्धन विभागका उपप्रमुख पवनराज देवकोटाले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताउनुभयो। उहाँले राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न सके मात्र लोकतन्त्रप्रति जनविश्वास अझ बलियो बन्ने धारणा राख्नुभयो।

रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दले सल्यानमा पार्टीप्रति देखिएको जनलहरलाई बलियो संगठनमा रूपान्तरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो। उहाँले संगठन विस्तारसँगै जनताका मुद्दा, विकास निर्माण र सुशासनका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपालीले पार्टी जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै गाउँ–टोलसम्म संगठन विस्तार गरी जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभयो।

नवनिर्वाचित सभापति बिमल केसीले कालिमाटी गाउँपालिकाभित्र पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनताका मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने तथा रास्वपाको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनले स्थानीय तहमा संगठन विस्तार, सुशासन प्रवर्द्धन, भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई सुदृढ बनाउने निर्णयसमेत गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

सिद्धकुमाखमा रास्वपाको पालिका अधिवेशन सम्पन्न, वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धकुमाख गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वीरबहादुर बुढाथोकीको सभापतित्वमा १५

रास्वपा कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, वेदबहादुर वली सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन कपुरकोटमा सम्पन्न भएको छ। अधिवेशनले वेदबहादुर वलीको नेतृत्वमा नयाँ