• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

दार्मामा पोषण मेला : स्थानीय परिकारबाट पोषण सन्देश


कुपोषण न्यूनीकरण, स्थानीय खाद्य परिकारको प्रवद्र्धन तथा सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा आयोजित पोषण मेलाले स्थानीयवासीको उल्लेख्य सहभागिता जुटाएको छ। मेलामा गाउँका दिदीबहिनीहरूले आफ्नै खेतबारीमा उत्पादन भएका खाद्यान्न, तरकारी, फलफूल तथा दलहनबाट तयार गरिएका पोषणयुक्त परिकार प्रदर्शन गर्दै स्वस्थ जीवनका लागि स्थानीय खानाको महत्त्व उजागर गरेका छन्। एक कार्यक्रममा विच पोषण मेलाको जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख उद्घाटन गर्नुभएको छ । कार्यक्रम उपप्रमुख असरवीर बुढाथोकीले स्थानीय स्रोत–साधनमा आधारित पोषण प्रवद्र्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले कुपोषण न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
दार्मा गाउँपालिका–६ की खिमा केसीले पोषण मेलाले समुदायमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँले मेलामार्फत स्थानीय खाद्य परिकारको पोषण मूल्यबारे ज्ञान विस्तार भएको र त्यसलाई दैनिक जीवनमा व्यवहारमा उतार्न समेत प्रेरणा मिलेको उल्लेख गर्नुभयो।
मेलामा कोदो, फापर, मकै, गहुँ, सिमी, भटमास, गेडागुडी, हरियो सागसब्जी, अण्डा, दूध तथा मौसमी फलफूलबाट तयार गरिएका विभिन्न परिकार प्रदर्शनीमा राखिएका थिए। स्थानीय उत्पादनमै आधारित पौष्टिक भोजनले सन्तुलित आहारको आवश्यकता बुझाउन र परम्परागत खानाको संरक्षण गर्न मेला प्रभावकारी बनेको सहभागीहरूको भनाइ छ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पोषण केवल स्वास्थ्य क्षेत्रको विषय नभई कृषि, शिक्षा, सरसफाइ र पारिवारिक व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो। स्थानीय स्रोत–साधनको उचित उपयोग गर्दै परिवारलाई पोषणमैत्री बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने उहाँको भनाइ थियो।

स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले विशेषगरी गर्भवती, सुत्केरी आमा, शिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन व्यवहार परिवर्तन आवश्यक रहेको बताउनुभयो। स्थानीयस्तरमा सहजै उपलब्ध हुने खाद्यवस्तुको सही संयोजन गरेर सन्तुलित आहार तयार गर्न सकिने भएकाले आयातित वा महँगा खाद्यवस्तुभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

स्थानीय शिक्षक मीनबहादुर वलीले विद्यालय तहदेखि नै पोषण शिक्षालाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। बालबालिकाले विद्यालयमा सिकेको पोषणसम्बन्धी ज्ञान घरपरिवारसम्म पुग्दा समुदायमा समेत सकारात्मक परिवर्तन आउने उहाँको विश्वास थियो।

स्वास्थ्य स्वयंसेविका तुलसा शर्माले घरदैलोमा पुगेर गर्भवती, सुत्केरी र बालबालिकाका आमालाई पोषणसम्बन्धी परामर्श दिँदै आएको अनुभव सुनाउँदै कुपोषण अन्त्यका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

मेलामा उत्कृष्ट पोषणयुक्त परिकार प्रदर्शन गर्ने समूहलाई सम्मान गरिएको थियो। साथै पोषण, सरसफाइ, स्तनपान, बाल आहार, भिटामिन तथा सूक्ष्म पोषक तत्वको महत्त्वबारे जानकारीमूलक प्रदर्शनी र अन्तरक्रियासमेत आयोजना गरिएको थियो।

स्थानीय उत्पादन, स्थानीय स्वाद र स्थानीय ज्ञानलाई प्रवद्र्धन गर्दै पोषण सुरक्षालाई व्यवहारमा उतार्ने उद्देश्यसहित आयोजना गरिएको पोषण मेलाले स्वस्थ, सक्षम र कुपोषणमुक्त समाज निर्माणमा समुदायको भूमिका अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

कुपिण्डे तालमा चलचित्र पर्यटन महोत्सव–२०८३ हुँदै

सल्यानको प्रसिद्ध पर्यटकीय स्थल कुपिण्डे तालमा ‘कुपिण्डे चलचित्र पर्यटन महोत्सव–२०८३’ वैशाख १२ गते (शनिबार) आयोजना हुने भएको छ । वनगाड कुपिण्डे

सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सुरु

सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सुरु भएको छ । उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा

सल्यानको मूलपानी वनस्पति केन्द्र पर्यटकको आकर्षण बन्दै

  प्रदीप मगर सल्यानको कपुरकोट गाउँपालिका ३ मूलपानीमा अवस्थित वनस्पति अनुसन्धान केन्द्र  पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ