बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो।
नगरसभाबाट पारित बजेटअनुसार चालु खर्चतर्फ रु= ५५ करोड ७८ लाख ११ हजार २७९ र पुँजीगत खर्चतर्फ रु। २१ करोड ४५ लाख ६४ हजार ५१ विनियोजन गरिएको छ। चालु र पुँजीगत खर्चको कुल योग रु। ७७ करोड २३ लाख ७५ हजार ३३० रहेको छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि सदस्यहरूले विस्तृत छलफल गरेका थिए। छलफलपछि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ।
नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्दै समावेशी विकास, पूर्वाधार विस्तार र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा विशेष जोड दिइने जनाएको छ।
खडेरीका कारण खेत बाँझै
सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै,
कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले
बागचौरको रु. ७७ करोड २३ लाखको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० को बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत
प्रतिकृया दिनुहोस