• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026

स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका सबै स्थानीय तहमा अभियान सञ्चालन गर्ने भएको छ ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू टोली बनाएर ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पुग्ने भएका हुन् ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानमार्फत नागरिकका कुरा सुन्नुका साथै पार्टीका आगामी योजना र स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने प्रक्रियाबारे जानकारी गराइनेछ ।

“हामी तपाईंका कुरा सुन्न मात्रै होइन, यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि तपाईंको घरदैलोमा आउँदैछौँ,” उहाँले भिडियो सन्देशमार्फत भन्नुभएको छ ।

रास्वपाले अभियानका क्रममा मुख्यतः दुई विषयलाई प्राथमिकता दिने जनाएको छ । पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनमा पार्टीका उम्मेदवार छनोट गर्ने विधिबारे नागरिकलाई जानकारी गराउने र दोस्रो, वर्तमान सरकार गठन भएयता संसद् र सरकारमार्फत भएका नीतिगत तथा अन्य पहलका विषयमा जानकारी दिने रहेको छ ।

रास्वपाका अनुसार स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक विधिबारे नागरिकलाई जानकारी गराउन अभियान सञ्चालन गर्न लागिएको हो ।

सहमहामन्त्री डाँगीले आगामी स्थानीय तह निर्वाचनमा सक्षम, इमानदार र नेतृत्व गर्न तयार व्यक्तिलाई कसरी उम्मेदवारका रूपमा अगाडि बढाउने भन्ने विषयमा नागरिकलाई जानकारी गराइने बताउनुभएको छ ।

रास्वपाले यसअघि सार्वजनिक गरेको उम्मेदवार छनोटको रूपरेखाअनुसार ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार चयन गर्ने जनाएको छ ।

अभियानका क्रममा वर्तमान सरकार गठन भएको करिब छ महिनाको अवधिमा संसद् र सरकारबाट भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पनि जानकारी गराइने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार अभियान असोज २० गतेदेखि देशभर एकैसाथ सञ्चालन हुनेछ । पार्टीले यसलाई निर्वाचन तयारीसँगै स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा स्थानीय नेतृत्व छनोट गर्ने अभ्यासका रूपमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सल्यान कांग्रेसको जिल्ला अधिवेशनमा ८९.८३ प्रतिशत मतदान

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। कुल १ हजार ७९५ मतदातामध्ये १ हजार ६१३ जनाले मतदान गरेका छन्। निर्वाचन

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

सिद्धकुमाखमा रास्वपाको पालिका अधिवेशन सम्पन्न, वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धकुमाख गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वीरबहादुर बुढाथोकीको सभापतित्वमा १५

↑