जनताका सवाल संसद्मा उठाउँछौँ : सापकोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सिद्धकुमाख गाउँपालिकामा अगुवा कार्यकर्तासँग छलफल गरेको छ ।छलफलमा प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले जनताका सवाल संसद्मा उठाउने, सुशासन कायम गर्न सरकारलाई जिम्मेवार बनाउने र भ्रष्टाचारमा संलग्न जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो ।
गलत काम गर्ने कसैलाई पनि संरक्षण गर्न नसकिने स्पष्ट पार्दै उहाँले भनसुनभन्दा विधि र प्रक्रियालाई प्राथमिकता दिएर जनताका काम छिटोछरितो हुने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कानुनी सुधारमा पहल गरिने उहाँको भनाइ थियो ।
स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सापकोटाले बताउनुभयो ।
कार्यक्रममा रास्वपा कर्णाली प्रदेश महामन्त्री ललित चन्दले सल्यानमा पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित जनताको पक्षमा जिम्मेवारीपूर्वक काम गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । जनताको सेवा र समस्या समाधानलाई प्राथमिकता दिँदै पाँच वर्षभित्र जिल्लामा देखिने गरी काम गर्ने उहाँले बताउनुभयो ।
रास्वपा सिद्धकुमाख गाउँपालिका सभापति वीरबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेता खड्ग बुढा, केवल गिरीलगायतले मन्तव्य राख्नुभएको थियो । छलफलमा सहभागीले स्थानीय तहमा देखिएका समस्या र तिनको समाधानका उपायबारे सुझाव दिएका थिए ।
पहिरोले सल्यान–खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध
लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सल्यानको खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् भने
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फारुला, सल्यानले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनज्योति माध्यमिक विद्यालय
बनगाड कुपिण्डेमा आँखा शिविर, ६० जनाको निःशुल्क शल्यक्रिया
सल्यानको पश्चिमी क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट ६ सय ५० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका
प्रतिकृया दिनुहोस