नेपाली कम्युनिस्ट पार्टी दार्माको समीक्षात्मक बैठक सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी दार्मा गाउँ कमिटीको आयोजनामा फारुलाचौरमा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्लको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्ल, संविधानसभा सदस्य टेकबहादुर बस्नेत र सल्यान जिल्ला पार्टी सहइन्चार्ज निमबहादुर केसी ‘अरुण’ लगायतका नेताहरूले पार्टीको अवस्था, कार्यदिशा र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बैठकमा अगुवा नेता तथा कार्यकर्ताले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रतिनिधिसभा सदस्य मल्लले क्षेत्रको विकास निर्माणको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले विकास निर्माणसँग सम्बन्धित सवालमा स्पष्ट पार्दै नेता तथा कार्यकर्तासँग छलफल गर्नुभएको थियो ।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्ययोजना तथा जनताका समस्या र सवाललाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा समेत छलफल भएको पार्टीले जनाएको छ ।
रास्वपाको दार्मामा पालिका कार्यालय उद्घाटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्मा गाउँपालिकाले फारुलाचौरमा पार्टीको पालिका कार्यालय उद्घाटन गरेको छ। पार्टीका प्रतिनिधिसभा सदस्य रमेश
कांग्रेस केन्द्रीय सदस्यमा शारदा नगरप्रमुख भण्डारीको उम्मेदवारी
सल्यान शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले
एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भएको प्रचण्डको भनाइ
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताउनुभएको छ। नेकपा
प्रतिकृया दिनुहोस