• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

सल्यानमा परम्परागत लाखे नाच आज सकिदै 

भदौ ११,सल्यान
सल्यानमा परम्परागत लाखे नाच आज सकिदै छ । साउन ३१ गतेबाट सुरु भएको नाच आज सकिन लागेको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट सकिने गर्दछ । 

नाच सुरु भएदेखि श्रीकृष्णजन्माष्टमीको भोलीपल्टसम्म खलङ्गा, श्रीनगर, लुहामलगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ । 

कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट आज कंसलाई नै मारेर समापन गर्न लागिएको नेवार समाज सल्यानका संयोजक तथा जात्रा संयोजक बिरेन्द्र भडेलले जानकारी दिनुभयो । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा सल्यानमा हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको भडेलले बताउनुभयो ।

उहाँका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।

प्रतिकृया दिनुहोस

धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने

दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोली शुक्रवार करोड दिन प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं

होटल रेष्टुरेन्ट तथा होमस्टेको सम्बन्धि तालीम सुरु 

सल्यान सल्लीबजारमा होटल रेष्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि २ दिने तालिम सुरु भएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको

सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस विशेष कार्यक्रम गरी मनाइयो

मङ्सिर ९,सल्यान सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस मनाईएको छ । “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि“ नाराका साथ विशेष कार्यक्रम गरी मनाइएको छ।