युवाशक्ति विदेशिदा गाउँ सुनसान, मलामी नपाउने अवस्था
देशभित्र केही गर्छु भनेर कम्मर कसेर महंगो बिषय लिएर पढेका युवा देशमै सम्भावना नदेखेपछि विदेशिनेको लर्को लाग्ने गरेको छ । देशभित्रको व्यवस्थापन दिन प्रतिदिन निराशाजनक हुँदै जाँदा सशक्त नागरिक भनी चिनिएको युवाशक्तिको वैदेशिक यात्रा झन्झन् बढिरहेको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या चार दशमलव ८५ प्रतिशतले बढेको देखिएको छ । संघियता आयो, सिंह दरवारको अधिकार गाउँगाउँमा आयो तर युवा जनशक्ति पलायन हुँदै गैरहेको छ । पछिल्ला आमनिर्वाचनमा राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउने भनेर प्रतिज्ञा गरेका थिए । तर ति बाचाहरु घोषणापत्रमा मात्र सिमित रहे । यो बीचमा देशलाई स्वर्ग नै बनाउने र विदेश जाने होइन, विदेशबाट फर्किनेको लहर चलाउने भनी उदाएका नयाँ दलसहितका निर्वाचनमा विजयी सानाठूला सबैदलको सत्ता चल्यो । तर युवाजनशक्ति देशभित्र आफ्नो भविष्य देख्नै छाडेको विगतको अवस्थामा भने झनै वृद्धि भएको उल्लेखित वैदेशिक रोजगारीमा जानेहरूको संख्याको वृद्धिले नै देखाउँछ । यसको अर्को दुःखद् पक्ष के हो भने सरकारमा जाँदा जुनसुकै दलले गरेका प्रतिबद्धताहरूमा देशभित्रै रोजगारी बढाउने भनिँदै आउने गरिएको छ । तर लिखतमा बाहेक यो कुरा व्यवहारमा उत्रिएको पाइएन ।
युवालाई रोजगारी दिने भनेर तिनै तहका सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र अन्य रोजगारका कार्यक्रम तथा बिभिन्न सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन तर दिर्घकालिन सम्म यस्ता कार्यक्रम प्रभावकारी नहुँने भएकाले युवा यस तर्फ चासो दिदैनन । अहिले दैनिक ३ हजार युवा कामको खोजीमा खाडीमुलुक जाने गरेका छन । यस्तै अन्य विकसित देशहरुमा पनि युवा जनशक्तिहरु उच्च शिक्षा हासिल गर्ने भन्दै दैनिक हजारौको संख्यामा बैदेशिक रोजगारीमा जाने गरेका छन । यसको अझ दुःखद्पक्ष केहो भने चाडवाडको महिनामा समेत हजारौँ युवाहरूले वैदेशिक रोजगारीका लागि देश छाडेको देखिन्छ । जो एक प्रकारले दुःखद् नै हो । अन्तर्राष्ट्रिय विमानस्थलमा पारिवारिक विछोडले निम्त्याएका रुवावासी दृश्यहरू रोकिएनन ।
गत आर्थिक वर्ष २०८०÷८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९÷८० को तुलनामा यो संख्या थोरैले कम हो । २०७९÷८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो । पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ । यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् । पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनु भनेको उनीहरू गएकै अवस्था हो । श्रम स्वीकृति लिएर नगएका भन्ने अहिलेसम्म अपवादबाहेक उदाहरण छैनन् । यद्यपि वैदेशिक रोजगारीमै जानु त्यति नराम्रोचाहिँ होइन । तिनका श्रमले देश चलेको अवस्था छ भने उनका परिवारको जीवनस्तर पनि उठेको छ ।
तर पनि गाउँमा युवाशक्ति झन्झन् निथिँ्रदै गएको अवस्थाले अरू विडम्बना खडा गर्ने खतरा हुन्छ भने देशलाई आत्मनिर्भरतातर्फ लान पनि समस्या बन्छ । यतिबेला त देशका गाउँहरू मलामी समेत नपाएका अवस्थाबाट गुज्रिरहेका भनेर दिनैपिच्छेजस्तो समाचारहरु आइरहेका छन् । त्यो जनशक्ति देशमा थामिनका लागि सरकारले दिने भनेको रोजगारीको सुनिश्चितता जरुरी हुन्छ । रोजगारीसम्बन्धी सरकारका कार्यक्रम प्रत्येक वर्ष असफल भइरहेका छन्न । प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसको सबैभन्दा ज्वलन्त उदाहरण हुनुपर्छ । यस्तै स्थानिय तहहरुमा पनि थप्रै बिकास निर्माणका कामहरु हुन्छन तिनै बिकास निर्माणका काममा युवा जनशक्तिलाई जोडन जरुरी छ । यसमा तिनै तहका सरकारको ध्यान जाओस ।
देशभरीका पत्रकारले कस्तो देखे पोखरा ?
चिप्लेढुङ्गा । पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न
प्रतिकृया दिनुहोस