• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

बागचौरमा प्रारम्भिक कक्षा पठनसीप विकास तालिम सुरु


शिक्षा युवा तथा खेलकुद शाखा बागचौर नगरपालिकाको आयोजना तथा रूम टु रिड र दलित विकास समाज सल्यानको प्राविधिक सहयोगमा प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रम अन्तर्गत कक्षा २ का शिक्षकहरूका लागि आधारभूत शैक्षणिक तालिम सुरु भएको छ।तालिम बागचौर नगरपालिका भित्रका विद्यालयमा कार्यरत कक्षा २ का शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। तालिममा शिक्षकहरूलाई बालमैत्री वातावरणमा शिक्षण सिकाइ गर्ने सीप, पठन संस्कृति विकासका उपाय, सिकाइ सहजीकरणका विधि, र प्रारम्भिक कक्षामा प्रयोग हुने शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइनेछ।
नगर प्रमुख जनकराज गौतमले तालिमको उद्घाटन गर्दै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमहरूले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। तालिम यहीँ जेष्ठ ११ गतेसम्म सञ्चालन हुनेछ। तालिममा बागचौर नगरपालिकाका सबै वडाबाट शिक्षकहरूको सहभागिता रहेको छ। तालिमको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाको शिक्षा शाखा सक्रिय रहेको छ भने रूम टु रिड र दलित विकास समाजले आवश्यक प्राविधिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएका छन्। 
 

प्रतिकृया दिनुहोस

बनगाड कुपिण्डे नगरपालिकामा ३३ औँ अन्तराष्ट्रिय अपांगता दिवस मनाइयो

मंसिर १८,सल्यान सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अपांगता अधिकार, समानता र हौसलाको नाराहरु सहित र्याली, अभिमुखीकरण, सम्मान एवम् प्रतिभाहरु

बैंकको नाफालाई मात्रै होइन योगदानलाई पनि हेर्नुपर्छ :

   सुनील केसी:  उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर उच्च भएको भन्दै ब्याजदर घटाउन प्रधानमन्त्रीलाई नै गुहारे । यद्यपि, सरकारले ब्याजदरमा

रिचार्जर एपमा शतप्रतिशत क्यासब्याक दिइरहेका छौँ : अलाइभ ग्लाइडर

अनलाइन भुक्तानी र अनलाइनबाटै सामान खरिद–बिक्रीका लागि विभिन्न सेवाप्रदायक सक्रिय छन् । तर, दुवै किसिमको सेवा एकै ठाउँबाट लिन सकिने एपको रूपमा भने