• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

बनगाड कुपिण्डे नगरपालिकामा ३३ औँ अन्तराष्ट्रिय अपांगता दिवस मनाइयो

मंसिर १८,सल्यान


सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अपांगता अधिकार, समानता र हौसलाको नाराहरु सहित र्याली, अभिमुखीकरण, सम्मान एवम् प्रतिभाहरु प्रस्तुत गर्ने लगाएतका कार्यक्रमहरु सञ्चालन गरेर ३३ औँ अन्तराष्ट्रिय अपांगता दिवस मनाइएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराको साथ सल्यानको देवस्थलमा दिवस मनाइएको हो । बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा पञ्चेबाजा सहित र्याली निकालिएको थियो भने उक्त र्याली नगरपालिकाको सभाहलमा गएर औपचारीक कार्यक्रममा परिणत भएको थियो । बनगाड नगरपालिका अन्तर्गत सिएमसी नेपाल, सुस्वा कार्यक्रम, सामाजिक विकास कार्यलय सल्यानको सहयोग, समन्वयमा सल्यान नेत्रहीन संघ सल्यानले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र उनीहरूका अधिकारलाई प्रोत्साहन गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूमा विशेष क्षमता रहेको र नीतिनिर्माण तहमा उनीहरूको प्रतिनिधित्वको अभाव ठूलो समस्या रहेको बताउनुभयो। साथै, यस विषयमा आवाज उठाउन र अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।


बनगाड कुपिण्डे नगरपालिका–३ का अध्यक्ष खिम बिसीले पनि कार्यक्रममा मन्तव्य राख्दै अपाङ्गता भएका व्यक्तिहरूको योगदानलाई स्वीकार गर्नुपर्ने र उनीहरूका समस्या समाधान गर्न विशेष कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले शारीरिक रुपमा अपाङ्गता एउटा अवस्था मात्रै भएको बताउँदै, यस अवस्थालाई सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।


यसैबीच, सल्यान नेत्रहीन संघका अध्यक्ष कृष्णा बुढाले दिवसले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको नेतृत्वलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र उनीहरूलाई समाजमा उदाहरणीय बनाउने प्रयासहरूलाई थप बल प्रदान गरेको बताइएको छ।


कार्यक्रममा स्थानीय संघसंस्था, जनप्रतिनिधि, र सरोकारवाला पक्षको उल्लेखनीय उपस्थिति रहेको थियो। दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, अधिकार र नेतृत्व प्रवर्द्धनमा सहयोग पुर्याउने विभिन्न पहलहरूबारे पनि छलफल गरियो।   

प्रतिकृया दिनुहोस

बागचौरमा प्रारम्भिक कक्षा पठनसीप विकास तालिम सुरु

शिक्षा युवा तथा खेलकुद शाखा बागचौर नगरपालिकाको आयोजना तथा रूम टु रिड र दलित विकास समाज सल्यानको प्राविधिक सहयोगमा प्रारम्भिक कक्षा पठनसीप विकास

बैंकको नाफालाई मात्रै होइन योगदानलाई पनि हेर्नुपर्छ :

   सुनील केसी:  उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर उच्च भएको भन्दै ब्याजदर घटाउन प्रधानमन्त्रीलाई नै गुहारे । यद्यपि, सरकारले ब्याजदरमा

रिचार्जर एपमा शतप्रतिशत क्यासब्याक दिइरहेका छौँ : अलाइभ ग्लाइडर

अनलाइन भुक्तानी र अनलाइनबाटै सामान खरिद–बिक्रीका लागि विभिन्न सेवाप्रदायक सक्रिय छन् । तर, दुवै किसिमको सेवा एकै ठाउँबाट लिन सकिने एपको रूपमा भने