• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

घना जंगलबीच ४५ वर्षदेखि टहरोमा जीवन : सुरक्षित घरको पर्खाइमा सार्की परिवार

सल्यान–सुर्खेत सिमानाको घना जंगलमा कालिमाटी गाउँपालिका–७, वनगाउँका जितबहादुर सार्कीको परिवार विगत चार दशकदेखि असुरक्षित टहरोमा बसोबास गर्दै आएको छ।

नजिकै बस्ती नभएको उक्त क्षेत्रमा काठ, खर र त्रिपालले बनेको कमजोर संरचनामा परिवार बस्दै आएको छ। वर्षायाममा पानी चुहिने, हिउँदमा अत्यधिक चिसो हुने तथा जंगली जनावरको जोखिम रहने समस्या रहेको उहाँले बताउनुभयो।

आर्थिक अवस्था कमजोर रहेकाले परिवारसँग स्थायी आम्दानीको स्रोत नरहेको छ। जीविकोपार्जनका लागि सानो मात्रामा गाईबाख्रा पालन गर्दै आएको र कहिलेकाहीँ मजदुरी गरेर गुजारा चलाउने गरेको उहाँले जानकारी दिनुभयो। पुर्ख्यौली सम्पत्ति तथा आफ्नै नाममा जग्गा नभएकाले ऐलानी जमिनमा गरिएको खेतीसमेत जंगली जनावरबाट क्षति हुने गरेको बताउनुभयो।

हालै आसपास क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको र यसले थप जोखिम सिर्जना गरेको स्थानीयले बताएका छन्। सुरक्षित आवासको अभावमा परिवारका सदस्यहरू जोखिमपूर्ण अवस्थामा बस्दै आएका छन्।

परिवारका लागि सुरक्षित घर निर्माण आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। “ओत लाग्ने घर भए पुग्छ,” सार्कीले बताउनुभयो।

कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले उक्त परिवारको अवस्था दयनीय रहेकाले सहयोग जुटाउन पहल गरिएको जानकारी दिनुभयो। घर निर्माणका लागि स्थानीयस्तरमा आर्थिक सङ्कलन अभियान सुरु गरिएको र सम्बन्धित कार्यक्रममार्फत सहयोग उपलब्ध गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो।

सामाजिक अभियन्ता हिमाल मगरको सक्रियतामा सुरु गरिएको अभियानमार्फत हालसम्म करिब २० हजार रुपियाँ सङ्कलन भएको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई

हराउँदै गएको चिठी संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने प्रयास

आधुनिक सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै परम्परागत चिठी लेखन संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यसको संरक्षण तथा विद्यार्थीमा

शारदा नगरपालिकामा चार अत्याधुनिक “स्मार्ट शौचालय” सञ्चालनमा

सल्यानको शारदा नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा चारवटा अत्याधुनिक “स्मार्ट शौचालय” सञ्चालनमा ल्याएको छ। सार्वजनिक शौचालयलाई सफा,