नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई करिब २० हजार रुपैयाँ बराबरका विभिन्न भाँडावर्तनका सामग्री सहयोग गरेको छ।
बैंकले नयाँ ग्यास चुलो, प्रेसर कुकर, पानी फिल्टर, कप–सेट, गिलास,डस्टबन,जग,लगायत दैनिक प्रयोगमा आवश्यक सामग्री मंगलबार संघलाई हस्तान्तरण गरेको हो।
सहयोग सामग्री नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सल्यान शाखाका प्रमुख शिवदेव गौतम ले कल्याणकारी अपाङ सेवा संघका अध्यक्ष कृष्ण बुढा लाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा शाखा प्रमुख गौतमले बैंकले नाफामुखी वित्तीय सेवा मात्र नभई समाजप्रतिको दायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउनुभयो। उहाँले अपाङता भएका व्यक्तिहरूको सेवा र अधिकारका लागि सक्रिय संस्थाको कामलाई थप प्रभावकारी बनाउन सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक समावेशिता तथा समुदाय विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
![]()
सहयोग ग्रहण गर्दै कल्याणकारी अपाङ सेवा संघका अध्यक्ष कृष्ण बुढाले बैंकको सहयोगले संस्थाको दैनिक सञ्चालन तथा सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। हस्तान्तरण कार्यक्रममा वडा नं.२ का अध्यक्ष सबिन हमाल,गैर सरकारी सस्था महासंघ रामचन्द्र रेग्मी, पत्रकारलगायका सहभागिता रहेको थियो
पछिल्ला वर्षहरूमा नेपालसहित विश्वभर संस्थागत सामाजिक उत्तरदायित्व का गतिविधिहरू विस्तार हुँदै गएका छन्। कुनै पनि संस्था समाजबाट स्रोत–साधन प्राप्त गर्ने, समाजकै लागि वस्तु तथा सेवा उत्पादन गर्ने र समाजमै आफ्नो गतिविधि सञ्चालन गर्ने भएकाले समाजप्रति उत्तरदायी हुनु आवश्यक मानिन्छ। यसै अवधारणालाई आत्मसात गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।
भाँडावर्तनको विवरण:
![]()
विदेशबाट फर्किएर व्यावसायिक कृषिमा खड्का
टेकवहादुर केसी ,समाचारदाता १८ वर्ष विदेशमा मजदुरी गरेर फर्किनुभएका दार्मा गाउँपालिका–५ बछेला सल्यानका प्रेमबहादुर खड्का अहिले व्यावसायिक
One hundred kilometers of road to be blacktopped in five years
Rural roads connecting the district’s municipalities and wards are being blacktopped at a rapid pace. The district-based Infrastructure Development Office, the Dang Road Division, and the Urban Development Program have begun blacktopping rural roads in earnest. Over the past five years, 68 kilometers of road have been blacktopped by the Infrastructure Development Office, 22 kilometers
सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो
भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट
प्रतिकृया दिनुहोस