• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीद्वारा शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै मन्त्रिपरिषद्का १५ जना सदस्यले पनि शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

प्रधानमन्त्री शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा सुनिल लम्साल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल रहनुभएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा डा. विक्रम तिमल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल नियुक्त हुनुभएको छ।यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्रीमा गीता चौधरी, श्रम, रोजगारमन्त्रीमा दीपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहनुभएको छ। नवनियुक्त मन्त्रिपरिषद्ले देशको समसामयिक चुनौती समाधान, सुशासन प्रवर्द्धन र विकास निर्माणलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार