• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु

शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक गिरी ले गर्नुभएको हो ।

उद्घाटन समारोहमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेल र राजनीतिमा अनुशासन तथा इमान्दारीता आवश्यक रहने उल्लेख गर्दै खेलाडीहरूलाई मर्यादित र अनुशासित ढंगले खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

गिरीले शारदा नगरपालिकाले खेल क्षेत्रसँगै विभिन्न जनमुखी कामहरू अघि बढाएको भन्दै प्रशंसा समेत गर्नुभयो । नगर प्रमुख भण्डारीले प्रतियोगितालाई सभ्य, अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न खेलाडी, प्रशिक्षक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, सिद्धीबक्स गण सिमखर्कका प्रमुख सेनानी महेश अधिकारी, सशस्त्र प्रहरी बल सल्यानका प्रहरी निरीक्षक पुरणप्रसाद जैशी, सामाजिक विकास कार्यालय सल्यानका प्रमुख कृष्णप्रसाद अधिकारी, नगर प्रवक्ता राजेश कुमार शर्मा, विभिन्न वडाध्यक्ष, खेल संघका प्रतिनिधि, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गर्नुभएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका सात पालिकाका टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगितामार्फत स्थानीय स्तरमा क्रिकेट खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा युवामा खेलप्रतिको आकर्षण बढाउने उद्देश्य राखिएको जनाइएको छ । प्रतियोगिताका खेलहरू निर्धारित तालिकाअनुसार आगामी केही दिनसम्म सञ्चालन हुनेछन् ।

प्रतिकृया दिनुहोस

तेस्रो शारदा मेयर कप टी- २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई

तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै

नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न

नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको

४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल

 सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु गरिएको छ । खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ