• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार सोमबार बिहान ९ः०० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक आयोजना गरिएको छ।

बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको जनाइएको छ।

महामन्त्री बुर्लाकोटीले सर्वदलीय बैठकको सूचनासहितको औपचारिक आमन्त्रण पत्र प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको जानकारी दिनुभयो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा राष्ट्रिय सरोकारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार