नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई करिब २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग ।।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई करिब २० हजार रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोग गरेको छ।
बैंकले नयाँ ग्यास चुलो, प्रेसर कुकर, पानी फिल्टर, कप–सेट, गिलास,डस्टबन,जग,लगायत दैनिक प्रयोगमा आवश्यक सामग्री मंगलबार संघलाई हस्तान्तरण गरेको हो।
सहयोग सामग्री नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सल्यान शाखाका प्रमुख शिवदेव गौतम ले कल्याणकारी अपाङ सेवा संघका अध्यक्ष कृष्ण बुढा लाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा शाखा प्रमुख गौतमले बैंकले नाफामुखी वित्तीय सेवा मात्र नभई समाजप्रतिको दायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउनुभयो। उहाँले अपाङता भएका व्यक्तिहरूको सेवा र अधिकारका लागि सक्रिय संस्थाको कामलाई थप प्रभावकारी बनाउन सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक समावेशिता तथा समुदाय विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
सहयोग ग्रहण गर्दै कल्याणकारी अपाङ सेवा संघका अध्यक्ष कृष्ण बुढाले बैंकको सहयोगले संस्थाको दैनिक सञ्चालन तथा सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। हस्तान्तरण कार्यक्रममा शारदा नगरपालिका वडा नं.२ का अध्यक्ष सबिन हमाल,गैर सरकारी सस्था महासंघ सल्यानका प्रमुख रामचन्द्र रेग्मी, पत्रकारलगायका सहभागिता रहेको थियो
पछिल्ला वर्षहरूमा नेपालसहित विश्वभर संस्थागत सामाजिक उत्तरदायित्व का गतिविधिहरू विस्तार हुँदै गएका छन्। कुनै पनि संस्था समाजबाट स्रोत–साधन प्राप्त गर्ने, समाजकै लागि वस्तु तथा सेवा उत्पादन गर्ने र समाजमै आफ्नो गतिविधि सञ्चालन गर्ने भएकाले समाजप्रति उत्तरदायी हुनु आवश्यक मानिन्छ। यसै अवधारणालाई आत्मसात गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।
भाँडावर्तनको विवरण:
![]()
खडेरीका कारण खेत बाँझै
सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै,
कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा
प्रतिकृया दिनुहोस