सल्यानको त्रिवेणीबाट एक वर्षमा रु. ४ करोड ७० लाखको खसी बिक्री
सल्यानको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको खसी उत्पादन तथा बजारीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत एक वर्षमा रु. ४ करोड ७० लाख ७७ हजार ५८६ रुपैयाँ ५० पैसा बराबरको खसी बिक्री भएको छ।
गाउँपालिकाका अनुसार पाँच वटा सहकारी संस्थामार्फत ८७८ कृषकले २ हजार ५८० वटा खसी बिक्री गरेका हुन्। बिक्री भएका खसीको कुल तौल ९८ हजार २३ केजी रहेको छ।
कार्यक्रमअन्तर्गत ५४९ कृषकका १ हजार ५३७ वटा खसी अनुदानका लागि छनोट भएका छन्। ७७ हजार ७९३ केजी अनुदानयोग्य खसीका आधारमा प्रतिकेजी रु. १२ का दरले रु. ९ लाख ३३ हजार ५१६ अनुदान वितरण गरिएको गाउँपालिकाले जनाएको छ। साथै, सहकारी संस्थालाई व्यवस्थापकीय खर्चबापत प्रतिकेजी ५० पैसा का दरले रु. ३८ हजार ८५१ रुपैयाँ ५० पैसा उपलब्ध गराइएको छ।
सबैभन्दा बढी कारोबार दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत भएको छ। त्यसपछि त्रिवेणी पशुपालन व्यवसाय सहकारी संस्था, नमुना सामाजिक उद्यमी महिला सहकारी संस्था, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था र त्रिवेणी साना किसान सहकारी संस्था क्रमशः रहेका छन्।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले कृषकको आयआर्जन वृद्धि, स्थानीय उत्पादनको बजारीकरण तथा व्यावसायिक पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उत्पादनसँगै बजारको सुनिश्चितता गरिएकाले कृषकमा व्यावसायिक खसीपालनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले अनुदान वितरण प्रक्रिया मापदण्डमा आधारित र पारदर्शी रहेको बताउनुभयो। वास्तविक उत्पादनका आधारमा अनुदान उपलब्ध गराइएकाले यसले कृषकलाई उत्पादन वृद्धि गर्न थप प्रोत्साहन मिलेको उहाँको भनाइ छ।
पशु सेवा अधिकृत वसन्त रावतले त्रिवेणी गाउँपालिकामा व्यावसायिक खसीपालन विस्तार हुँदै गएको बताउनुभयो। गाउँपालिकाले प्राविधिक सेवा, उन्नत नस्ल प्रवर्द्धन, रोग नियन्त्रण तथा बजारीकरणमा निरन्तर सहजीकरण गर्दै आएकाले उत्पादनमा उल्लेखनीय वृद्धि भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार उत्पादनमा आधारित अनुदान, प्राविधिक सहयोग र बजारको सुनिश्चितताले कृषकलाई व्यावसायिक खसीपालनतर्फ आकर्षित गरेको छ। यस कार्यक्रमले कृषकको आम्दानी वृद्धि गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ छ।
खडेरीका कारण खेत बाँझै
सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै,
कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा
प्रतिकृया दिनुहोस