टिमुर टिप्न नयाँ औजार, किसानको लागत र जोखिम घट्ने
काँडै–काँडाको टिमुर टिप्न अब किसानलाई सहज हुने भएको छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानले टिमुर संकलनमा लाग्ने श्रम, समय र लागत घटाउने उद्देश्यले नयाँ कृषि औजारको नमुना तयार गरेको छ।
टिमुरको बोटमा तिखा काँडा हुने भएकाले हातले टिप्दा किसानलाई चोटपटकको जोखिम हुनुका साथै धेरै समय र श्रम लाग्ने गरेको छ। कतिपय अवस्थामा हाँगा भाँचेर टिप्दा अर्को वर्षको उत्पादनमा समेत असर पर्ने गरेको छ।
वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकका अनुसार टिमुरको दाना संकलनमै किसानको आम्दानीको करिब आधा हिस्सा खर्च हुने समस्या समाधान गर्न नयाँ प्रविधिको विकास गरिएको हो।
राष्ट्रिय आविष्कार केन्द्रअन्तर्गतको कृषि औजार कारखाना वीरगञ्जसँगको सहकार्यमा केन्द्रले उपकरणको नमुना निर्माण गरेको हो। आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत केही थान नमुना तयार गरिएको र किसान वा समूहबाट माग आए लागत मूल्यमा उपलब्ध गराउन समन्वय गरिने केन्द्रले जनाएको छ।
“यसको प्रयोगले श्रमको आवश्यकता घटाउने र छोटो समयमा धेरै टिमुर संकलन गर्न सकिने आँकलन गरिएको छ,” डा. पाठकले भन्नुभयो, “प्रविधि सफल भए ठूलो परिमाणमा उपकरण उत्पादन गर्न सकिन्छ।”
नयाँ उपकरणले काँडाबाट जोगाउँदै टिमुरका दाना वा साना झुप्पा सुरक्षित र छिटो संकलन गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
सल्यानमा टिमुर प्रमुख व्यावसायिक जडीबुटीका रूपमा खेती हुँदै आएको छ। जिल्लाबाट वार्षिक करिब ५० करोड रुपैयाँ बराबरको टिमुर निकासी हुने बताइन्छ। सल्यानबाहेक सुर्खेत, रुकुम, जाजरकोट, दैलेख, रोल्पा, गुल्मी, बागलुङ, पाल्पा, म्याग्दी, स्याङ्जा र पर्वतलगायत जिल्लामा पनि टिमुर खेती तथा संकलन हुँदै आएको छ।
भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या
युवा मानवअधिकार रक्षकहरूको सवालमा सल्यानमा अन्तरक्रिया: सहकार्य र साझा प्रतिबद्धतामा जोड
मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच बलियो सहकार्य तथा
श्री जनज्योती माध्यामिक विद्यालयमा विपन्न विद्यार्थीका लागि तीन लाखको अक्षयकोष
राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहेन्दार
प्रतिकृया दिनुहोस