• मंगलबार ४-२६-२०८३/Tuesday 08-11-2026

श्री जनज्योती माध्यामिक विद्यालयमा विपन्न विद्यार्थीका लागि तीन लाखको अक्षयकोष

राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राप्ती समाज यूकेका पूर्वअध्यक्ष हिक्मत सिंह रोकाले अक्षयकोषबापतको तीन लाख रुपियाँ विद्यालयलाई हस्तान्तरण गर्नुभयो । आर्थिक अभावका कारण शिक्षाको अवसरबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर वलीका अनुसार अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । आर्थिक अभावमा रहेका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि अक्षयकोष महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीको प्रतिभा, क्षमता र शैक्षिक प्रगतिलाई प्रोत्साहन गर्ने उद्देश्यले यसअघि पनि विभिन्न अक्षयकोष स्थापना भइसकेका छन् । स्व. इन्द्रबहादुर खत्री स्मृति अक्षयकोषमा एक लाख रुपियाँ रहेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीको सहयोगमा स्थापना गरिएको उक्त कोषबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्व. सिताराम उपाध्याय संस्थापक अक्षयकोषमा दुई लाख ५० हजार रुपियाँ रहेको छ । छोरा टंकप्रकाश हमाल तथा नातिहरू मदन हमाल र सुबास हमालको सहयोगमा स्थापना गरिएको उक्त कोषबाट समाजसेवी पुरस्कार प्रदान गर्ने उद्देश्य रहेको प्रधानाध्यापक वलीले जानकारी दिनुभयो ।

राप्ती समाज यूके सिआइसीको सहयोगमा स्थापना भएको तीन लाख रुपियाँको अक्षयकोषसहित विद्यालयमा रहेका विभिन्न अक्षयकोषले विद्यार्थीको शैक्षिक निरन्तरता, प्रतिभा विकास तथा उत्कृष्ट कार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा  दार्मागाउँपालिका ३ का वडा अध्यक्ष पोखरबहादुर खत्री, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष भीमबहादुर राना, राप्ती समाज यूकेका पूर्वअध्यक्ष हिक्मत सिंह रोका र सदस्य थामी रोकालगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता शिक्षक–अभिभावक सङ्घका अध्यक्ष रानाले गर्नुभएको थियो । सहायक प्रधानाध्यापक रोमबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रधानाध्यापक मिनबहादुर वलीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या

युवा मानवअधिकार रक्षकहरूको सवालमा सल्यानमा अन्तरक्रिया: सहकार्य र साझा प्रतिबद्धतामा जोड

   मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच बलियो सहकार्य तथा

टिमुर टिप्न नयाँ औजार, किसानको लागत र जोखिम घट्ने

काँडै–काँडाको टिमुर टिप्न अब किसानलाई सहज हुने भएको छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानले टिमुर संकलनमा लाग्ने श्रम, समय र लागत घटाउने उद्देश्यले