• बिहीबार ४-२८-२०८३/Thursday 08-13-2026

रास्वपाद्वारा सल्यानका तीन स्थानमा वृक्षारोपण

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले जिल्लाका तीन स्थानमा वृक्षारोपण गरेको छ । पार्टीले राजनीतिक गतिविधिसँगै सामाजिक तथा रचनात्मक कामलाई प्राथमिकता दिने उद्देश्यले विभिन्न सार्वजनिक तथा पर्यटकीय स्थलमा वृक्षारोपण गरेको हो ।

रास्वपाले छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाक्षेत्र मन्दिर परिसरमा रिठा, टिमुर, हर्रो, अमला, मलायगिरीलगायतका १५० वटा बिरुवा रोपेको छ । त्यस्तै, शारदा नगरपालिका–१३ स्थित हिमदृश्य पार्कमा १५० वटा र शारदा नगरपालिका–१४ स्थित भगवती पार्कमा १५० वटा बिरुवा वृक्षारोपण गरिएको छ । तीनवटै स्थानमा गरी कुल ४५० वटा बिरुवा रोपिएको पार्टीले जनाएको छ ।

रास्वपा सल्यानका सभापति प्रकाश नेपालीले पार्टीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सिर्जनात्मक र जनमुखी गतिविधिलाई अघि बढाएको बताउनुभयो । उहाँले राजनीतिक कार्यक्रमसँगै समाज र वातावरणका लागि प्रत्यक्ष योगदान पुग्ने काममा समेत पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरिने बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा यस्ता रचनात्मक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिइनेछ । स्थानीयस्तरमा रहेका सार्वजनिक स्थल, पार्क, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, सरसफाइ र सौन्दर्यीकरणमा पार्टीका कार्यकर्तालाई परिचालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

वृक्षारोपण गरिएका बिरुवाको संरक्षण र हुर्काउने काममा समेत स्थानीय समुदाय तथा पार्टीका कार्यकर्ताले सहकार्य गर्ने रास्वपाले जनाएको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सार्वजनिक स्थलको सौन्दर्यीकरणमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको पार्टीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या

युवा मानवअधिकार रक्षकहरूको सवालमा सल्यानमा अन्तरक्रिया: सहकार्य र साझा प्रतिबद्धतामा जोड

   मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच बलियो सहकार्य तथा

श्री जनज्योती माध्यामिक विद्यालयमा विपन्न विद्यार्थीका लागि तीन लाखको अक्षयकोष

राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहेन्दार