• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026

विपद् पूर्वतयारीमा जोड, प्रहरीलाई प्रतिकार्य सामग्री हस्तान्तरण

वनगाड कुपिण्डे नगरपालिका सल्यानले विपद्का समयमा हुने खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय देवस्थललाई विपद् प्रतिकार्यका आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराएको हो । नगर प्रमुख कर्णबहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा रहेको टोलीले बुझेको थियो ।

नगरपालिकाले बाढी, पहिरो, आगलागी, चट्याङ तथा सडक दुर्घटनालगायतका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर पूर्वतयारीलाई जोड दिएको जनाएको छ । विपद् आएपछि तत्काल उद्धारमा खटिने सुरक्षा निकायसँग आवश्यक सामग्री उपलब्ध हुनु प्रतिकार्यका लागि महत्वपूर्ण हुने नगरपालिकाको भनाइ छ ।

सामग्री उपलब्ध भएपछि विपद्का बेला खोज तथा उद्धारमा खटिने प्रहरीलाई काम गर्न थप सहज हुने अपेक्षा गरिएको छ । नगरपालिकाले विपद् व्यवस्थापनलाई केवल राहत र उद्धारमा सीमित नराखी जोखिम न्यूनीकरण, पूर्वतयारी र जनचेतना अभिवृद्धिलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

नगरपालिकाका अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वय बलियो बनाउँदै विपद् प्रतिरोधी समुदाय निर्माणका लागि आगामी दिनमा समेत आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिकृया दिनुहोस

भेरी नदीमा जिप खसेको आठ दिनपछि एक जनाको शव भेटियो, एक अझै बेपत्ता

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रानजिकै भेरी नदीमा खसेको जिपसँगै बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव

रास्वपाद्वारा सल्यानका तीन स्थानमा वृक्षारोपण

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले जिल्लाका तीन स्थानमा वृक्षारोपण गरेको छ । पार्टीले राजनीतिक गतिविधिसँगै सामाजिक तथा रचनात्मक कामलाई

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या