• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद मल्लले रसुवा–भोटेकोसी बाढीको पीडाबाट देश शोकमा रहेका बेला सल्यानमा राप्ती लोकमार्गको खारखोलामा पहिरोमा परी त्रिवेणी गाउँपालिकाका १७ वर्षीय मदन पुनको भदौ २२ गते राति निधन भएको बताउनुभयो। उत्कृष्ट भलिबल खेलाडीको सम्मान थापेर घर फर्कने क्रममा पुनको पहिरोमा परी मृत्यु भएको उहाँले जानकारी गराउनुभयो।

सांसद मल्लले मृतक पुनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। घटनामा घाइते सुनील खड्काको शीघ्र स्वास्थ्यलाभको कामनासमेत उहाँले गर्नुभयो।

यस वर्ष पनि राप्ती लोकमार्गमा दर्जनौँ स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भई जनजीवन प्रभावित भएको उल्लेख गर्दै उहाँले सडकमा नियमित पहिरो जाने समस्या समाधानका लागि सडक स्तरोन्नतिको काम समयमै प्रभावकारीरूपमा सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

शून्य समयमा सांसद मल्लले ‘जेनजी सहिद दिवस’का सन्दर्भमा सरकारका मन्त्रीबाट व्यक्त केही विचारप्रति असन्तुष्टि जनाउँदै त्यसबारे सत्तारुढ दलले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारको पछिल्लो अभिव्यक्ति र व्यवहारले लोकतन्त्र वा निरंकुशतातर्फको यात्रा कुन दिशामा अघि बढिरहेको हो भन्ने गम्भीर प्रश्न उठेको टिप्पणी गर्नुभयो।

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका