• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार निर्वाचनका लागि आयोगले आफ्नो तयारी गरिरहेको बताउनुभएको छ।

आयुक्त सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार आयोगले फागुनमा निर्वाचन गर्ने तयारी गरेको हो।

“नियमसङ्गत रूपमा फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम गरिरहेको छ। सरकारलाई भन्न मात्रै बाँकी छ,” उहाँले भन्नुभयो।

आयोगका अनुसार अहिले मतदाता नामावली अद्यावधिकको काम भइरहेको छ। फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुनः मतदाता नामावली अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ मा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सदस्यको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

नेपालमा पछिल्लो पटक २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुन्छ। सोही आधारमा आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाइएको आयोगले जनाएको छ।

निर्वाचनको मिति भने सरकारले आयोगसँगको परामर्शमा तोक्नेछ। आयोगले निर्वाचनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका