दार्मामा सामाजिक सुरक्षासम्बन्धी त्रिपक्षीय सम्झौता
सल्यानको दार्मा गाउँपालिकामा श्रमिक तथा योगदानकर्तालाई सामाजिक सुरक्षाको दायरामा समेट्ने उद्देश्यले त्रिपक्षीय सम्झौता भएको छ ।श्रमिक, स्वरोजगार तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्ल तथा पूर्वमन्त्री एवं संविधानसभा सदस्य टेकबहादुर बस्नेतको उपस्थिति थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष, नेपालगन्ज कार्यालयका प्रमुखले सामाजिक सुरक्षा योजनामा आबद्ध हुने प्रक्रिया, योगदान गर्ने विधि तथा श्रमिकले प्राप्त गर्ने सेवा–सुविधाबारे जानकारी गराउनुभएको थियो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव दीपक चदरा ले सामाजिक सुरक्षा तथा श्रमिकका अधिकारका विषयमा धारणा राख्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष हरिलाल डीसी (दोभान) ले गर्नुभएको थियो ।
डीसीका अनुसार श्रमिकलाई सामाजिक सुरक्षाको पहुँचमा ल्याउन तथा उनीहरूको योगदानको संरक्षण गर्दै सुरक्षित भविष्य सुनिश्चित गर्न सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
सामाजिक सुरक्षा योजनामा आबद्धताले श्रमिकलाई योजनाअनुसारका सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्ने भएकाले यसमा श्रमिक, रोजगारदाता र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको जनाइएको छ ।
जनताका सवाल संसद्मा उठाउँछौँ : सापकोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सिद्धकुमाख गाउँपालिकामा अगुवा कार्यकर्तासँग छलफल गरेको छ ।छलफलमा
पहिरोले सल्यान–खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध
लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सल्यानको खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् भने
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फारुला, सल्यानले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनज्योति माध्यमिक विद्यालय
प्रतिकृया दिनुहोस