दार्मामा तेस्रो दर्माली कप भलिबल प्रतियोगिता उद्घाटन
सल्यानको दार्मामा तेस्रो दर्माली कप–२०८३ खुला पालिकास्तरीय राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ ।दर्माली युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले ब्यानर पढेर गर्नुभएको हो ।क्लबका अध्यक्ष धीरेन्द्र परियारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, राष्ट्रिय भलिबल खेलाडी तथा स्थानीयवासीको उपस्थिति थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय भलिबल खेलाडी पहल गहतराजसमेत सहभागी हुनुभएको थियो ।
उद्घाटन समारोहमा अतिथिहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै ग्रामीण क्षेत्रमा आयोजना हुने खेलकुद प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।क्लबका सल्लाहकार रमेश चन्दले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पूर्ण देवकोटाले गर्नुभएको थियो ।
स्थानीय प्रतिभाको पहिचान, विकास र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल खेलसँगै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी सद्भाव र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा विजेता टोलीलाई नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
तेस्रो शारदा मेयर कप टी- २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई
तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै
नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न
नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको
४५ लाख रुपियाँ लागतमा बन्दैछ कवर्ड हल
सल्यानको बागचौर नगरपालिकामा ४५ लाख रुपियाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण सुरु गरिएको छ । खेल पूर्वाधार विकास तथा युवालाई खेलकुद गतिविधितर्फ
प्रतिकृया दिनुहोस