• शनिबार ७-१५-२०८३/Saturday 10-31-2026

सल्यानमा पहिलोपटक केसर खेती, प्रतिग्राम एक हजार रुपैयाँमा बिक्री

सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती सुरु गरेका हुन्।

परम्परागत खेतीबाट उत्पादन लिन लामो समय कुर्नुपर्ने भए पनि केसर खेतीबाट छोटो समयमै आम्दानी लिन सकिने भएपछि आफूले यसको खेती सुरु गरेको पुनले बताए। अन्य बालीनालीको उत्पादन लिन ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने भए पनि केसर खेतीबाट रोपेको करिब एक महिनामै आम्दानी लिन सकिने उनको भनाइ छ।

पुनले गत वर्ष परीक्षणका रूपमा केसर खेती गरेका थिए। परीक्षणका क्रममा केसरको उत्पादन राम्रो भएपछि उनले यस वर्षदेखि खेती विस्तार गर्दै झन्डै आधा रोपनी क्षेत्रफलमा लगाएका छन्। पहिलो चरणमा सानो क्षेत्रफलबाट खेती सुरु गरेका पुनले आगामी दिनमा उत्पादन र आम्दानीको सम्भावना हेरेर खेती विस्तार गर्ने योजना बनाएका छन्।

यस वर्ष पहिलो चरणमा उत्पादित १६ ग्राम केसर बिक्री गरेको पुनले बताए। उत्पादित केसर प्रतिग्राम एक हजार रुपैयाँका दरले बिक्री भएको उनको भनाइ छ। थोरै क्षेत्रफलमा गरिएको खेतीबाटै बजारमा राम्रो मूल्य पाउन थालेपछि आफू उत्साहित भएको उनले बताए।

केसर खेती सुरु गर्न वनस्पति अनुसन्धान केन्द्र, कपुरकोटले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो। नयाँ तथा सम्भावनायुक्त खेतीका रूपमा केसरलाई अघि बढाउन सके स्थानीय किसानका लागि आम्दानीको वैकल्पिक स्रोत बन्न सक्ने वनस्पति अनुसन्धान केन्द्र मूलपानी कपुरकोटका प्रमुख डा। मित्र पाठकले बताए।

केसर बहुमूल्य मसला तथा औषधीय प्रयोजनमा प्रयोग हुने वनस्पतिका रूपमा परिचित छ। यसको उच्च बजारमूल्य र सम्भावित आम्दानीका कारण किसानहरूका लागि यो आकर्षक खेती बन्न सक्ने उनको भनाइ छ। उनले भने, ‘व्यावसायिक उत्पादन विस्तार गर्न उपयुक्त हावापानी, खेती प्रविधि, गुणस्तरीय बिउ तथा बजारको सुनिश्चितता आवश्यक हुन्छ।’

सल्यानमा पहिलोपटक सुरु गरिएको केसर खेती सफल हुन सके जिल्लामा नयाँ कृषि उत्पादनको सम्भावना खुल्नेछ। यसले किसानलाई परम्परागत खेतीसँगै उच्च मूल्यका कृषि उपज उत्पादनतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

विद्यालय व्यवस्थापन समिति गठन र सहिद गेटमा दलको चिह्न राखिएको भन्दै कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेस दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र देखिएका विभिन्न बेथिति र समस्याबारे प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको ध्यानाकर्षण

पारदर्शिता र जनताले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण : मल्ल

विकासका काममा पारदर्शिता कायम हुनु र नागरिकले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण रहेको प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले बताउनुभएको छ

निर्माणाधीन राप्ती राजमार्गमा दसैँ यात्रा जोखिमपूर्ण

दसैँ मनाउन घर फर्किनेको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ । सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, धुलो, हिलो,

↑