पारदर्शिता र जनताले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण : मल्ल
विकासका काममा पारदर्शिता कायम हुनु र नागरिकले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण रहेको प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले बताउनुभएको छ ।
सल्यानको दार्मा गाउँपालिका–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मल्लले विकास निर्माणका काममा पारदर्शिता र नागरिकले न्याय पाउने अवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले नागरिकले आफ्ना अधिकारका लागि आवाज उठाउनुपर्नेमा जोड दिँदै अधिकारलाई मागको विषयमा मात्र सीमित नराखी स्थापित गर्नुपर्ने सवालका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र परियारले विद्यालयको शैक्षिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोगको माग गर्दै प्रतिनिधिसभा सदस्य मल्लसमक्ष ज्ञापनपत्र बुझाउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र चन्दलगायतको सहभागिता रहेको थियो ।
निर्माणाधीन राप्ती राजमार्गमा दसैँ यात्रा जोखिमपूर्ण
दसैँ मनाउन घर फर्किनेको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ । सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, धुलो, हिलो,
दार्मामा सामाजिक सुरक्षासम्बन्धी त्रिपक्षीय सम्झौता
सल्यानको दार्मा गाउँपालिकामा श्रमिक तथा योगदानकर्तालाई सामाजिक सुरक्षाको दायरामा समेट्ने उद्देश्यले त्रिपक्षीय सम्झौता भएको छ ।श्रमिक, स्वरोजगार
जनताका सवाल संसद्मा उठाउँछौँ : सापकोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सिद्धकुमाख गाउँपालिकामा अगुवा कार्यकर्तासँग छलफल गरेको छ ।छलफलमा
प्रतिकृया दिनुहोस