• सोमबार ८-१-२०८३/Monday 11-16-2026

दार्मामा साँझ परेपछि फोन लाग्दैन

दार्मा गाउँपालिकाको केन्द्रमै  भरपर्दो दूरसञ्चार सेवा नहुँदा सल्यानको दार्मा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा दिउँसो सामान्य रूपमा सञ्चालन भए पनि साँझ परेपछि नेटवर्क कमजोर हुने र फोन सम्पर्क नै अवरुद्ध हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

दार्मा गाउँपालिका–४ मालिका, वडा नं. ६ चिप्ले र वडा नं. १ काफलगैरामा मोबाइल नेटवर्कका टावर रहेका छन् । गाउँपालिकाको केन्द्र फारुलाचौर बजारमै मोबाइल सेवा नियमित नहुँदा दैनिक कामकाज, व्यापारिक कारोबार तथा अत्यावश्यक सूचना आदानप्रदानमा समेत समस्या हुने गरेको छ । फारुलाचौरका स्थानीय व्यापारी शेरबहादुर चन्दले दिउँसो फोन लागे पनि साँझ परेपछि नेटवर्क कमजोर हुने र सम्पर्क गर्नै नसकिने अवस्था रहेको बताउनुभयो । गाउँपालिकाको केन्द्रमै भरपर्दो सञ्चार सेवा नहुनु दुःखद भएको उहाँको भनाइ छ ।

दार्मा गाउँपालिका–४ पुखातका तिलक केसीले दूरसञ्चार सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ । टेलिफोन सेवा नियमित नहुँदा सामान्य सञ्चार सम्पर्कका लागि समेत स्थानीयवासीले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका तल्लो बस्तीमा बिहान र दिउँसोसमेत नेटवर्क कमजोर हुने गरेको छ । साँझ परेपछि फोन सम्पर्क नै अवरुद्ध हुने समस्याले स्थानीयवासीलाई थप कठिनाइ भएको छ । दार्मा गाउँपालिका–२ कौक्षेका भरत शर्माले फोन गर्नकै लागि डाँडामा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँका अनुसार साँझ परेपछि मोबाइलमा नेटवर्क नै नआउने समस्या छ ।

 

मोबाइल नेटवर्कको समस्याले विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन् । दार्मा गाउँपालिका–१ का छविलाल वलीले बिरामी पर्दा स्वास्थ्य संस्था तथा आफन्तलाई खबर गर्न र आपत्कालीन अवस्थामा सूचना आदानप्रदान गर्नसमेत कठिनाइ हुने गरेको बताउनुभयो ।

स्थानीयवासीले मोबाइल सेवा नियमित र गुणस्तरीय बनाउन नेपाल टेलिकमसँग माग गरेका छन् । टावर निर्माण गर्नु मात्रै पर्याप्त नहुने भन्दै उनीहरूले नेटवर्कको प्राविधिक अवस्था जाँच गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् । दार्मा गाउँपालिका–३ का चुडामणि केसीले टावर निर्माण भए पनि गुणस्तरीय सेवा नपाउँदा स्थानीयवासीले त्यसको लाभ लिन नसकेको बताउनुभयो । टावर भएर पनि नियमित फोन गर्न नपाउने अवस्था अन्त्य हुनुपर्ने उहाँको माग छ । गाउँपालिकाको केन्द्रदेखि दुर्गम बस्तीसम्म चौबिसै घण्टा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक निर्माण सुरु

नेपालको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका सल्यानका स्वर्गीय मरिचमानसिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण सुरु गरिएको छ । शारदा

देउसी–भैलोबाट सङ्कलित रकमले विद्यालयमा सरस्वती मन्दिर बनाइने

सामूहिक प्रयास र सिर्जनशील सोचबाट विद्यालयको विकासमा योगदान पुर्‍याउन सकिन्छ भन्ने उदाहरण सल्यानको दार्मा गाउँपालिका–३, मलेअम्रैस्थित श्री

रुकुम पूर्वमा साहित्यिक जागरणको सन्देश फैलाउँदै चौथो महफिल, कार्तिक २८ मा स्रष्टाहरू जुट्ने

रुकुम पूर्व। सिर्जना, विचार र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले रुकुम पूर्वमा चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। जिल्लाको

↑