• सोमबार ८-१-२०८३/Monday 11-16-2026

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक निर्माण सुरु

नेपालको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका सल्यानका स्वर्गीय मरिचमानसिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण सुरु गरिएको छ । शारदा नगरपालिका–१ श्रीनगरस्थित रुकुम चोकमा श्रेष्ठको शालिक निर्माणको काम थालिएको हो ।

सल्यानको ऐतिहासिक पहिचान र राष्ट्रिय राजनीतिमा जिल्लाको योगदानलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गर्न लागिएको सल्यानी युवा सञ्जालले जनाएको छ । शालिक निर्माणका लागि केही समय अघिदेखि नै तयारी थालिएको सञ्जालका अध्यक्ष सुदर्शन बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शालिक निर्माणस्थलसम्म पुग्ने सडक तिहारअघि नै फराकिलो बनाइएको थियो । शालिक राख्न आवश्यक जग निर्माणलगायतका काम कात्तिक २६ गतेदेखि सुरु गरिएको हो । निर्माण कार्यको समग्र संयोजनको जिम्मेवारी युवराज खड्का र आर्थिक संयोजनको जिम्मेवारी खिम डिसीलाई दिइएको छ ।

शालिक निर्माण सम्पन्न भएको तीन दिनभित्र आम्दानी र खर्चसहित सम्पूर्ण आर्थिक कारोबारको विवरण सार्वजनिक गरिने सञ्जालले जनाएको छ । कुनै एक संस्था वा समूहको मात्र नभई सम्पूर्ण सल्यानी तथा देशवासीको साझा गौरवसँग जोडिएको विषय भएकाले निर्माणमा सहयोग र सहभागिताका लागि सञ्जालले सबैमा आग्रह गरेको छ ।

वि.सं. १९९७ कात्तिक १७ गते सल्यानको खलङ्गा बजारमा जन्मिनुभएका श्रेष्ठ वि.सं. २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखमा उहाँलाई नेपालको २७औँ प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि श्रेष्ठले खलङ्गास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो । वि.सं. २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएका उहाँ वि.सं. २०३८ मा राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत हुनुभएको थियो ।

उहाँ प्रधानमन्त्री भएका बेला वि.सं. २०४५ देखि २०४६ सम्म नेपाल–भारत व्यापार तथा पारवहन सम्बन्धमा विवाद चर्किएको थियो । भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि श्रेष्ठ नेतृत्वको सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिका लागि वैकल्पिक उपाय अपनाउने प्रयास गरेको थियो । राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिएको भन्दै उहाँलाई समर्थकहरूले राष्ट्रवादी नेताका रूपमा स्मरण गर्ने गरेका छन् ।

यद्यपि, २०४६ सालको जनआन्दोलनका क्रममा तत्कालीन सरकारबाट भएको दमनका कारण उहाँको प्रधानमन्त्री कार्यकाल आलोचनामुक्त भने रहेन । जनआन्दोलन उत्कर्षमा पुगेपछि उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सक्रिय राजनीतिबाट टाढिनुभएका श्रेष्ठको २०७० साउनमा काठमाडौँमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

दार्मामा साँझ परेपछि फोन लाग्दैन

दार्मा गाउँपालिकाको केन्द्रमै  भरपर्दो दूरसञ्चार सेवा नहुँदा सल्यानको दार्मा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमको

देउसी–भैलोबाट सङ्कलित रकमले विद्यालयमा सरस्वती मन्दिर बनाइने

सामूहिक प्रयास र सिर्जनशील सोचबाट विद्यालयको विकासमा योगदान पुर्‍याउन सकिन्छ भन्ने उदाहरण सल्यानको दार्मा गाउँपालिका–३, मलेअम्रैस्थित श्री

रुकुम पूर्वमा साहित्यिक जागरणको सन्देश फैलाउँदै चौथो महफिल, कार्तिक २८ मा स्रष्टाहरू जुट्ने

रुकुम पूर्व। सिर्जना, विचार र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले रुकुम पूर्वमा चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। जिल्लाको

↑