• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

१६ असोज, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ट्रम्पकी सल्लाहकार हिक्सलाई भने कोरोनाका केही लक्षण पनि देखिएको छ । ट्रम्पले हिक्सले कडा अनवरतरुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

भारतमा जीप दुर्घटना : सल्यानका चार जनाको मृत्यु

भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने

नेपालको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको चासो

पालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत

सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन

सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ। समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त