• बिहीबार ८-४-२०८३/Thursday 11-19-2026

मानवअधिकार सबैको चासोको बिषय बन्नुपर्छ : संसद ज्वाला

कार्तिक १२ २०८१,सल्यान

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले मानव अधिकार सबैको चासोको बिषय बन्नुपर्ने बताउनु भएको छ । अन्य बिषयलाई महत्व दिने तर मानवअधिकारका बिषयमा कम चासो भएकाले यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । जिल्लाको सदरमुकाम खलंगामा युवा मानवअधिकार रक्षक संजालको आयोजनतामा युवा मानवअधिकार रक्षक, निर्वाचित जनप्रतिनिधी र सरकोकारवाला विच मानवअधिकार रक्षकहरुका सवालमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्वालाले मानवअधिकार उलङघनका घटनालाई कम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयो । 
संघिय सांसद तथा पुर्व मन्त्री समेत रहेका ज्वालाले मानव अधिकार सबैको चासोको विषय र साझा सवाल भएकाले मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । मानव अधिकार महत्वपुर्ण विषय र साझा सवाल भएको भन्दै मानव अधिकारको प्रत्याभूति र त्यसको कार्यान्वयनको लागि सदैव क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँगै महिला र बालबालिकाका सवाललाई समेत अगाडि बढाउनुपर्ने बताउनु भयो । 
कार्यक्रममा राष्ट्रिय सभा सदस्य उदय बोहराले संविधानले व्यवस्था गरेको मौलिक हकको व्यवस्थालाई पालना गर्न सके मानव अधिकारको पालना हुने भन्दै अधिकार र कर्तव्यलाई सँगै बढाउन आवश्यक रहेको बताउनु भयो । मानवअधिकार बिना न्यायको कल्पना गर्न नसकिने भन्दै उहाँले मानव अधिकारको संरक्षण भयो भने मात्र यो सफल रहने बताउनु भयो । 
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन नहँुने गरि काम गर्नुपर्ने बताउनु भयो । मानव अधिकार, महिला तथा बाल अधिकारका बारेमा सबै निकाय सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनुभयो् ।
शारदा नगरपालिकका मेयर प्रकाश भण्डारीले मानवअधिकारको बिषयलाई केन्द्रित गरेर काम गरिरहेको बताउनु भयो । उहाँले युवा मानवअधिकारको बिषयलाई केन्द्रित गरेर बजेट बिनियोजन गरेर योजना बनाएको बताउनु भयो ।  
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले मानव अधिकार रक्षाको लागि पालिकाले योजना बनाएर अघि बढेको बताउनु भयो । कार्यक्रममा सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेत दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले बोल्दै बिभिन्न सञ्जाल प्रयोग गरेर काम गरिरहेको बताउनु भयो । यो बिषयमा केन्द्रित रहेर जेष्ठनागरिक, अपाङगता भएका व्यक्ति र विपन्न बालबालिकाहरुलाई स्वास्थ्य शिविर सँगै सामाग्री पनि वितरण गरेको बताउनु भयो । कार्यक्रमका सहभागिहरुले सरकारले बजेटमा मानव अधिकार रक्षा र पैरवीका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष किशोर हमाल, गैसस महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल बार एसोसेसनका अध्यक्ष सिपी ओली, कोषाध्यक्ष बिष्णु शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने लगायत बोल्नुभएको थियो । कार्यक्रममा मानवअधिकारको बिषयमा इन्सेक जिल्ला प्रतिनिधि बुद्धि पुनले जानकारी गराउनु भएको थियो । 
युवा मानवअधिकार रक्षक संजाल सल्यानका अध्यक्ष अस्मिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य रोयम नेपाल कर्णाली प्रदेश परियोजना संयोजक सन्तोष बिकले राख्नुभएको थियो भने सञ्चालन युवा मानवअधिकार रक्षक संजालका सचिव प्रदिप मगरले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

दार्माको विकासमा निरन्तरता कि क्रमभङ्गता ? सोचमा, कार्यशैलीमा र नेतृत्वमा परिवर्तनको बहस

प्रतीक इच्छुक शर्मा दार्माको विकास कुनै एक व्यक्ति वा नेतृत्वको चमत्कार होइन। यो जनताको त्याग, तपस्या, सङ्घर्ष र योगदान तथा जनयुद्ध, जनआन्दोलन र

पानीले ल्याएको खुसी : खलंगा–सितलपाटी खानेपानीको यात्रा

प्रतीक इच्छुक शर्मा कुनै समय सल्यानको सदरमुकाम खलंगा र आसपासका बस्तीमा खानेपानीको ठूलो समस्या थियो। सार्वजनिक धारामा पानी भर्न घण्टौँ

प्राकृतिक विपद्, हाम्रो जिम्मेवारी

प्रतीक इच्छुक शर्मा आज बिहान तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रका बस्ती, बजार,

↑