सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस विशेष कार्यक्रम गरी मनाइयो
मङ्सिर ९,सल्यान
सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस मनाईएको छ । “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि“ नाराका साथ विशेष कार्यक्रम गरी मनाइएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरू, सरकारी अधिकारीहरू र सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय उत्पादन, उद्यमशीलता र उद्योगहरूको दिगो विकासलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। दिवसको अवसरमा उद्योगीहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई उद्यमशीलताको प्रेरणा दिने प्रयास गरिएको छ। यस कार्यक्रमका दौरान उत्कृष्ट दुई जना उद्यमीलाई सम्मान पनि गरिएको थियो, जसले आफ्नो उद्यमशीलता र कामका क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याएका छन्।
![]()
![]()
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले नेपालको समृद्धिका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोग गरी कृषि र उद्योगलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै भन्नुभयोे, “जबसम्म नेपाल औद्योगिकरणको दिशामा अघि बढ्दैन, तबसम्म बेरोजगारी समस्या समाधान र राष्ट्रिय पूँजीको वृद्धि सम्भव छैन।“
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानका प्रमुख श्यामलाल खरालले जिल्लाको औद्योगिक अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा १० वटै स्थानीय तहमा लगानी प्रवर्द्धनका लागि विभिन्न तालिम र कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। खरालले जानकारी दिँदै सल्यानमा हालसम्म ३,२२१ वटा व्यापारिक फर्महरू दर्ता भएका छन भने ३,६२१ वटा उद्योग दर्ता भएका छन्। यी उद्योगहरूको विवरणअनुसार, ४२६ वटा उत्पादनमूलक उद्योग, १,२५३ वटा सेवामूलक उद्योग, १,५४८ वटा कृषि तथा वनजन्य उद्योग र ३९४ वटा पर्यटन उद्योग भएको साथै, आर्थिक वर्ष २०८१ श्रावणदेखि कात्तिक मसान्तसम्म २६ नयाँ उद्योग दर्ता भएको उहाँले बताउनुभयो ।
![]()
धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोली शुक्रवार करोड दिन प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं
होटल रेष्टुरेन्ट तथा होमस्टेको सम्बन्धि तालीम सुरु
सल्यान सल्लीबजारमा होटल रेष्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि २ दिने तालिम सुरु भएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको
सल्यानमा परम्परागत लाखे नाच आज सकिदै
भदौ ११,सल्यान सल्यानमा परम्परागत लाखे नाच आज सकिदै छ । साउन ३१ गतेबाट सुरु भएको नाच आज सकिन लागेको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको
प्रतिकृया दिनुहोस