पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गर्नुभएको हो ।पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताउनुभयो । उहाले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले निर्वाह गरेको भूमिका साहसिक र अतुलनीय रहेको बताउनुभयो । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भन्नुभयो, ‘बन्दुक र कलमको समायोजन, लडाई र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।’
जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको अध्यक्ष दाहालले भनाई छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताउनुभयो।
जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भन्नुभयो , ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नुपर्छ ।’
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताउनुभयो । उहालेत्यस पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
लेखक पत्रकार शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकार सामेल भएर युद्ध पत्रकारिता गरेको र त्यस समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताउनुभयो ।। १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको जानकारी दिनुभयो ।
पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकको भनाई छ । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिको दस्ताबेज पुस्तकले समेटेको छ ।
शर्माको पहिलो पुस्तक युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूति ‘जुनिदेखी पिलिसम्म’ एक वर्ष अघि २०८१ भदौमा तत्कालिन प्रधानमन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकापर्ण गर्नुभएको थियो । शर्मा प्रेस सेन्टर नेपालका पूर्व उपमहासचिव एवम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका
कर्णालीका मुद्दामा प्रधानमन्त्रीसँग सांसदको ध्यानाकर्षण
कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले प्रदेशको समग्र विकासका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीद्वारा शपथ
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै मन्त्रिपरिषद्का १५ जना सदस्यले पनि शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय,
प्रतिकृया दिनुहोस