प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन बुधबारदेखि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्।
सरकारले निर्वाचन सुरक्षालाई मजबुत बनाउन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा खटिनेछन्।
निर्वाचनका लागि विशेष भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ मतदानस्थलको भित्री सुरक्षा सुनिश्चित गर्नेछन्। दोस्रो सुरक्षा घेरा सशस्त्र प्रहरी बलको जिम्मेवारी हुनेछ भने नेपाली सेना बाहिरी सुरक्षा घेरामा रहि सुरक्षा व्यवस्था सम्हाल्नेछ।
सेनाले देशभरका १६५ निर्वाचन क्षेत्रमा ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। मतदानपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा सेनाले सम्हाल्नेछ।
निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार भाग लिँदैछन्। देशभर १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ। नेपाल प्रहरीले ७७ हजार, सशस्त्र प्रहरी बल ३४,५७६ र निर्वाचन प्रहरी १,३३,००० जना परिचालन गर्दै सुरक्षा सुनिश्चित गर्नेछ।
निर्वाचनस्थललाई सामान्य, संवेदनशील र अति-संवेदनशील वर्गमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सशस्त्र प्रहरी कुनै अप्रिय घटना भएमा १० मिनेटभित्र घटनास्थलमा पुग्ने तयारीमा रहेको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका
कर्णालीका मुद्दामा प्रधानमन्त्रीसँग सांसदको ध्यानाकर्षण
कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले प्रदेशको समग्र विकासका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीद्वारा शपथ
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै मन्त्रिपरिषद्का १५ जना सदस्यले पनि शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय,
प्रतिकृया दिनुहोस