सल्यानमा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार
सल्यानका ग्रामीण बस्तीमा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेषज्ञ शिविरबाट एकै दिन ४६ जनाले परीक्षण, परामर्श तथा उपचार सेवा लिएका छन्।
छत्रेश्वरी गाउँपालिकाको आयोजना, सीएमसी नेपालको साझेदारी तथा फेल्म नेपालको आर्थिक सहयोगमा छायाक्षेत्र स्वास्थ्य चौकी, भोटेचौरमा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। कर्णाली प्रदेश सरकारले साउन महिनालाई ‘मानसिक स्वास्थ्य सचेतना महिना’ का रूपमा मनाइरहेका बेला आयोजित शिविरमा प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा. विवेक रेग्मी, गाउँपालिकाका चिकित्सक डा. विकास केसीलगायतको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीका अनुसार शिविरबाट ४६ जनाले प्रत्यक्ष रूपमा मानसिक स्वास्थ्य सेवा लिएका छन्। ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्ने प्रवृत्ति अझै विद्यमान रहेकाले यस्ता शिविरले समयमै समस्या पहिचान गर्न, उपचारमा पहुँच बढाउन तथा मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो क्रममा रहेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिने बिरामीको संख्या ५५८ रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा ५४१ जना रहे पनि जिल्ला अस्पताल सल्यानको पछिल्लो अभिलेखअनुसार सेवा लिनेको संख्या बढेर ७२२ पुगेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी चेतना वृद्धि हुँदै जाँदा उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नेको संख्या पनि बढ्दै गएको छ।
स्वास्थ्यकर्मीहरूले पारिवारिक तनाव, आर्थिक असुरक्षा, बेरोजगारी, वैदेशिक रोजगारीका चुनौती, सामाजिक एक्लोपन, लागुऔषध दुव्र्यसन तथा बदलिँदो जीवनशैलीलाई मानसिक स्वास्थ्य समस्या बढ्नुका प्रमुख कारणका रूपमा औँल्याएका छन्।
शिविरमा सहभागी मानसिक रोग विशेषज्ञ डा. विवेक रेग्मीले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके अधिकांश बिरामी सामान्य जीवनमा फर्कन सक्ने बताउनुभयो। उहाँले मानसिक रोगलाई लुकाएर राख्ने विषय नभई अन्य शारीरिक रोगसरह समयमै उपचार गर्नुपर्ने स्वास्थ्य समस्याका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
ग्रामीण तहसम्म विशेषज्ञ मानसिक स्वास्थ्य सेवा विस्तार गर्न यस्ता शिविर प्रभावकारी हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण
दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता
अन्तर्राष्ट्रिय योग दिवस : ‘योग भन्नेभन्दा गर्ने कुरा हो’
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सल्यानमा आयोजित कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिएका
प्रतिकृया दिनुहोस