• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

बनगाड कुपिण्डे नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न

सल्यान — बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित जनस्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

दुई दिनसम्म सञ्चालन भएको समीक्षा कार्यक्रममा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूले वर्षभरि सञ्चालन गरेका जनस्वास्थ्य कार्यक्रम, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो ।साथै उक्त गोष्ठीमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।

नगरवासीहरूलाई सर्वसुलभ र प्रभावकारी सेवा प्रवाह गरेकोमा स्वास्थ्य चौकीतर्फ बाँझकोट स्वास्थ्य चौकी प्रथम र घाँजरीपिपल स्वास्थ्य चौकी द्वितीय हुन सफल भएका छन्। त्यसैगरी, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमध्ये आधारभूत स्वास्थ्य सेवा केन्द्र आपचौर उत्कृष्ट घोषित भएको छ भने मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा गर्भवती तथा प्रसूति सेवातर्फ उल्लेखनीय कार्य गरेबापत शहरी स्वास्थ्य सेवा केन्द्र ढोरपिपल उत्कृष्टको रूपमा सम्मानित गरिएको छ ।

कार्यक्रमको समापनमा बोल्दै बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले विगतको तुलनामा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हुँदै गएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सुधार र योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । समीक्षा गोष्ठीमा विगत वर्षका उपलब्धि, सिकाइ र चुनौतीहरूको गहन विश्लेषण गर्दै आगामी दिनमा नगरवासीहरूलाई अझ सुलभ, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्पष्ट रणनीति तथा भावी दिशा तय गरिएको छ । उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान गर्दै थप प्रभावकारी सेवाका लागि ऊर्जा र प्रतिबद्धता साटासाट गरिएको छ ।

कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, वडा अध्यक्षहरू तथा नगरपालिका अन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रमले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिको मूल्याङ्कनसँगै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय योजना निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

क्यान्सरबाट जोगाउन किशोरीलाई एचपीभी खोप

सल्यानमा दुई सयभन्दा बढी खोप केन्द्रबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप लगाउन सुरु गरिएको छ। यस

जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु

 विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा स्त्री तथा