क्यान्सरबाट जोगाउन किशोरीलाई एचपीभी खोप
सल्यानमा दुई सयभन्दा बढी खोप केन्द्रबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप लगाउन सुरु गरिएको छ। यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा दुई हजार ३६७ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
बुधबारदेखि सुरु भएको खोप अभियान शुक्रबारसम्म सञ्चालन हुनेछ। कार्यालयका जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रम अधिकृत तारा रिजालका अनुसार कक्षा ६ मा अध्ययनरत १४९ विद्यालयका दुई हजार २७० जना र विद्यालय नजाने १० वर्ष उमेरका ९७ जना किशोरीलाई एचपीभी खोप लगाइनेछ।
लक्षित कार्यक्रमअनुसार बागचौर नगरपालिकामा ३४४, बनगाड कुपिण्डे नगरपालिकामा ३२९, त्रिवेणी गाउँपालिकामा ३१४, शारदा नगरपालिकामा ३११, दार्मा गाउँपालिकामा २१८, कपुरकोट गाउँपालिकामा १८५, कुमाख गाउँपालिकामा १७९, कालिमाटी गाउँपालिकामा १६३, छत्रेश्वरी गाउँपालिकामा १५४ र सिद्धकुमाख गाउँपालिकामा १३० जना किशोरीलाई खोप दिने लक्ष्य रहेको रिजालले जानकारी दिनुभयो।
लक्षित सङ्ख्यालाई समेट्न तथा खोप खेर जाने अनुमानित दरलाई समेत ध्यानमा राखेर जिल्लामा दुई हजार ६१८ भायल एचपीभी खोप व्यवस्थापन गरिएको छ। रिजालका अनुसार सङ्घीय सरकारबाट प्रदेशको भण्डारण केन्द्रमा प्राप्त हुने खोप जिल्ला हुँदै सम्बन्धित पालिकामा पठाइएको छ।
स्थानीय तहहरूले नौ हजारभन्दा बढी किशोरीको अनुमानित विवरण पठाए पनि गत वर्ष जिल्लाभर दुई हजार ३७६ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो।
महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एचपीभी भाइरसको संक्रमणलाई मानिन्छ। संक्रमण हुनुअघि किशोरी अवस्थामै एचपीभी खोप लगाएमा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने स्वास्थ्यकर्मी बताउँछन्। त्यसैले एचपीभी खोपलाई पाठेघरको मुखको क्यान्सर रोकथामको प्रभावकारी उपायका रूपमा लिइन्छ।
जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था गरिएको छ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थामा स्थापना गरिएका खोप केन्द्रबाट खोप दिइनेछ।
दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न
सल्यान — बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित जनस्वास्थ्य
जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु
विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा स्त्री तथा
प्रतिकृया दिनुहोस