भोटेकोसी बाढीपीडितका लागि अमेरिकामा जुट्यो ५० हजार डलर
भोटेकोसी बाढीपीडितको राहतका लागि अमेरिकामा रहेका नेपालीले ५० हजार अमेरिकी डलर सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।अमेरिकाको नर्थ अलाबामास्थित नेप्लिज एसोसिएसन इन नर्थ अलाबामा (नाना) ले सेप्टेम्बर २६ मा आयोजना गरेको सांगीतिक च्यारिटी कार्यक्रमबाट उक्त रकम सङ्कलन गरेको संस्थामा आबद्ध कुशल चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्कलित रकम नेपाल पठाउन आवश्यक प्रक्रिया पूरा गरी अमेरिकाको रिजनस् बैंकबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा हन्ट्सभिल र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीसहित विभिन्न समुदायका व्यक्तिले आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो भने १०० जना व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए ।
बाढीबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नानाले अगस्ट ३० मा हिन्दु कल्चरल सेन्टर अफ नर्थ अलाबामामा मैनबत्ती प्रज्वलन कार्यक्रमसमेत आयोजना गरेको थियो । त्यसपछि बाढीपीडितको सहयोगार्थ सांगीतिक च्यारिटी कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा टेनेसीको न्यासभिलबाट आएको एक्का ब्यान्ड र डा. अमित चक्रवर्तीको गीताञ्जली म्युजिक ग्रुपले पारिश्रमिक नलिई सांगीतिक प्रस्तुति दिएका थिए । नेपालीसँगै भारतीय समुदायका सदस्यले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
सन् २०१५ मा स्थापना भएको नानाले राहत सङ्कलनसँगै प्रवासमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाले नेपाली पाठशाला, छात्रवृत्ति र फुटबल प्रतियोगितामार्फत नयाँ पुस्तालाई भाषा, संस्कृति र सामुदायिक गतिविधिसँग जोड्ने कामसमेत गर्दै आएको छ ।
भारतमा जीप दुर्घटना : सल्यानका चार जनाको मृत्यु
भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने
नेपालको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको चासो
पालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत
सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन
सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ। समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त
प्रतिकृया दिनुहोस