• शनिबार ७-८-२०८३/Saturday 10-24-2026

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द

अस्ति बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेका छैनन् ।

विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वका अरू देशमा जस्तै नेपालका सरकारी निकायका वेबसाइट र अनलाइन सेवामा समेत यसको असर परेको हो । जोखिम पत्ता लागेसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यन्त जरुरी सुरक्षा एड्भाइजरी जारी गर्दै प्रणालीहरू तत्काल अपग्रेड गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गरेको थियो ।

केन्द्रको एड्भाइजरीलगत्तै अस्ति बिहीबारदेखि नै धेरैजसो सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।  राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । भोलिसम्म सार्वजनिक बिदा भएकाले वेबसाइटहरू बन्द हुँदा ठूलो असर परिसकेको छैन । तर समस्या लम्बिएमा लाइसेन्स, राहदानी, राजस्व तथा नागरिक सेवासँग सम्बन्धित अनलाइन सेवा अवरुद्ध हुने जोखिम छ । अहिले धेरै सरकारी तथा गैर सरकारी संस्थाहरूका वेबसाइटहरू खुलेका छैनन् ।

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली  (भीटीएस) लगायतका प्रमुख सरकारी र वित्तीय निकायका वेबसाइटहरू बन्द छन् । सुरक्षा प्रणाली सुदृढ बनाउन र सम्भावित जोखिमबाट बचाउनका लागि भन्दै वेबसाइटहरू अस्थायी रूपमा बन्द गरिएका हुन् । नेपाल राष्ट्र बैंकले सबै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक ९पीएसपी० र वालेट कम्पनीहरू तथा रेमिट्यान्स कम्पनीहरूलाई तत्काल सतर्क रहन निर्देशन दिएको छ ।

बैंकहरुका वेबसाइट बन्द भए पनि क्युआर भुक्तानी र मोबाइल बैंकिङलगायत सेवा सञ्चालनमा छन् । जोखिमको अवस्था मूल्याङ्कन गरेर केही बैंकले आफ्ना वेबसाइट पुनः सञ्चालनमा ल्याइसकेका छन् । वेबसाइट बन्द हुँदा ग्राहकले ब्याजदर, सेवा शुल्क, शाखा तथा एटीएमको विवरण, कर्जा योजना र वित्तीय विवरणजस्ता सार्वजनिक सूचना प्राप्त गर्न भने असहज भएको छ । संक्रमणकालीन समयमा आउन सक्ने शंकास्पद म्यासेज र लिङ्कहरूबाट सतर्क रहन साइबर सुरक्षा विज्ञहरूले सुझाव दिएका छन् ।

पीएचपी मुख्यतया वेबसाइट र वेब एप्लिकेसनहरू निर्माण गर्न प्रयोग गरिने एक प्रोग्रामिङ भाषा हो । यही प्रणालीमा समस्या आएको र यसको अपग्रेडका लागि सूचना जारी भएकाले सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू बन्द भएका हुन् ।

प्रतिकृया दिनुहोस

विदेशबाट फर्किएर व्यावसायिक कृषिमा खड्का

टेकवहादुर केसी ,समाचारदाता १८ वर्ष विदेशमा मजदुरी गरेर फर्किनुभएका दार्मा गाउँपालिका–५ बछेला सल्यानका प्रेमबहादुर खड्का अहिले व्यावसायिक

One hundred kilometers of road to be blacktopped in five years

Rural roads connecting the district’s municipalities and wards are being blacktopped at a rapid pace. The district-based Infrastructure Development Office, the Dang Road Division, and the Urban Development Program have begun blacktopping rural roads in earnest. Over the past five years, 68 kilometers of road have been blacktopped by the Infrastructure Development Office, 22 kilometers

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट

↑