• बुधबार ७-१२-२०८३/Wednesday 10-28-2026

विद्यालय व्यवस्थापन समिति गठन र सहिद गेटमा दलको चिह्न राखिएको भन्दै कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेस दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र देखिएका विभिन्न बेथिति र समस्याबारे प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको ध्यानाकर्षण गराएको छ।कांग्रेसले ध्यानाकर्षणपत्र बुझाउँदै गाउँपालिकाभित्रका समस्या समाधान गर्न तथा सेवा प्रवाह र प्रशासनिक कामकारबाहीलाई व्यवस्थित र नियमसम्मत बनाउन पहल गर्न आग्रह गरेको हो।

ध्यानाकर्षणपत्रमा सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा शिक्षा नियमावली पालना नभएको विषय उठाइएको छ। नियमावलीअनुसार समिति गठन गर्नुपर्नेमा आफूखुसी र मनोमानी ढङ्गले समिति गठन गरिएको भन्दै आएका गुनासालाई सम्बोधन गर्न कांग्रेसले माग गरेको छ।

त्यस्तै, गाउँपालिकामा निर्माण गरिएको सहिद गेटमा राजनीतिक दलको चुनाव चिह्न र झण्डा राखिएको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ। सहिदहरू राष्ट्रका साझा सम्पत्ति भएकाले साझा स्मृतिस्थलमा दलगत चिह्न राख्नु उचित नहुने उल्लेख गर्दै कांग्रेसले त्यस्ता चिह्न हटाएर नेपालको राष्ट्रिय झण्डा राख्न माग गरेको छ।

ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका विषयमा १५ दिनभित्र ठोस पहल नभए कानुनी उपचारको बाटोमा जान बाध्य हुने कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेस दार्मा गाउँपालिकाका सभापति विशाल सिंह र सचिव पदम केसीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकाका समस्याको समाधान र प्रशासनिक कामकारबाहीमा सुधार गर्न आग्रह गरिएको छ।

ध्यानाकर्षणपत्रका विषयमा प्रमुख प्रशासकीय अधिकृत केसीले कार्यपालिका बैठकमा छलफलका लागि लैजाने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस

पारदर्शिता र जनताले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण : मल्ल

विकासका काममा पारदर्शिता कायम हुनु र नागरिकले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण रहेको प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले बताउनुभएको छ

निर्माणाधीन राप्ती राजमार्गमा दसैँ यात्रा जोखिमपूर्ण

दसैँ मनाउन घर फर्किनेको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ । सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, धुलो, हिलो,

दार्मामा सामाजिक सुरक्षासम्बन्धी त्रिपक्षीय सम्झौता

सल्यानको दार्मा गाउँपालिकामा श्रमिक तथा योगदानकर्तालाई सामाजिक सुरक्षाको दायरामा समेट्ने उद्देश्यले त्रिपक्षीय सम्झौता भएको छ ।श्रमिक, स्वरोजगार

↑