महिला तथा सामाजिक सुरक्षा मन्त्री सिता वादी भोलि सल्यान आउँदै
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादी भोली १८ गते सल्यान आउनुहुने भएको छ ।मन्त्री वादीले बिहान ११ बजे बालुवासंग्रही हुँदै शारदा नगरपालिका–५ मार्केस्थित जनकल्याण आधारभूत विद्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा विद्यालयको छात्रावासमा रहेका अनाथ तथा संरक्षणको अभावमा रहेका बालबालिकासँग भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश महामन्त्री ललित चन्दले जानकारी दिनुभयो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । मन्त्री वादीले खलंगामा महिला उद्यमीहरूसँग भेटघाट गर्नुहुनेछ भने श्रीनगरमा दलित तथा महिला उद्यमीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको चन्दले बताउनुभयो ।
यस्तै, अपराह्न बागचौर नगरपालिकामा पनि भेटघाटको कार्यक्रम तय भएको छ । मन्त्री वादी कात्तिक १८ गते साँझ रुकुम पश्चिम पुग्नुहुनेछ । कात्तिक १९ गते रुकुम पश्चिममा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
सल्यानमा पहिलोपटक केसर खेती, प्रतिग्राम एक हजार रुपैयाँमा बिक्री
सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती सुरु गरेका हुन्। परम्परागत खेतीबाट
विद्यालय व्यवस्थापन समिति गठन र सहिद गेटमा दलको चिह्न राखिएको भन्दै कांग्रेसको ध्यानाकर्षण
नेपाली कांग्रेस दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र देखिएका विभिन्न बेथिति र समस्याबारे प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको ध्यानाकर्षण
पारदर्शिता र जनताले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण : मल्ल
विकासका काममा पारदर्शिता कायम हुनु र नागरिकले न्याय पाए–नपाएको विषय महत्त्वपूर्ण रहेको प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले बताउनुभएको छ
प्रतिकृया दिनुहोस