• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

सल्यानमा क्रियापुत्रीले गरे मतदान

सल्यानमा क्रियापुत्रीले पनि मतदान गरेका छन्। बागचौर नगरपालिका–३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा क्रियापुत्री प्रभा भण्डारी र मृतकका भाइ रेशम भण्डारीले मतदान गरेका हुन्।

छ दिनअघि प्रभा भण्डारीका श्रीमान् २७ वर्षीय हरिलाल भण्डारीको दैलेखमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। शोककै अवस्थामा पनि उनीहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै मतदान गरेका हुन्।

क्रियापुत्री प्रभा भण्डारीले व्यक्तिगत पीडाका बीच पनि नागरिकको कर्तव्य पूरा गर्न मतदानमा सहभागी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “घरमा ठूलो पीडा छ, श्रीमान् गुमाएको शोक अझै ताजा छ। तर देशको लागि मतदान गर्नु पनि हाम्रो कर्तव्य हो भन्ने लागेर मतदान गर्न आएको हुँ।”

त्यस्तै मृतकका भाइ रेशम भण्डारीले पनि दुःखद अवस्थाका बाबजुद परिवारले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने निर्णय गरेको बताउनुभयो। “दाजुको निधनले परिवार शोकमा छ, तर नागरिकको अधिकार र कर्तव्य सम्झेर मतदान गरेका हौँ,” उहाँले भन्नुभयो।

परिवारमा शोककै अवस्थामा पनि उनीहरूले मतदान गरेर नागरिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्।
 

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार